Loading...
३५ प्रहरी नायव उपरीक्षक डिएसपीलाई प्रहरी उपरीक्षक एसपीमा बढुवा (सूचीसहित)

काठमाडौं, २ साउन । प्रहरी प्रधान कार्यालयले ३५ प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गरेको छ ।
बढुवा समितिको असार ३१ गतेको निर्णयअनुसार रिक्त ३५ स्थानमा बढुवा गरिएको हो ।
बढुवा रोलक्रमको पहिलो नम्बरमा महानगरीय प्रहरी परिसर काठमाडौंका सिद्धिविक्रम शाह रहेका छन् ।
बढुवा हुनेमा डम्बरबहादुर बिक, उमाप्रसाद चतुर्वेदी, केदार रजौरे, विनोद घिमिरेसहित ३५ जना डिएसपीहरू एसपीमा बढुवा भएका हुन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads