Loading...
मृत्यु भइसकेका गुरुले फ्रिजरभित्रै ध्यान गर्न पाउने हाइकोर्टको निर्णय


बीबीसी
पंजाब र हरियाणा हाई कोर्टले दिव्य ज्योती पंथका संस्थापक आशुतोष महाराजको भक्तलाई उनको शव फ्रिजरमा सुरक्षित राख्ने अनुमती दिएको छ ।
अदालतले तीन वर्ष पुरानो यो मुद्दामाथि निर्णय सुनाएको हो ।
आशुतोष महाराजको संदिग्ध हृदयघातका कारण सन् २०१४ को जनवरीमा मृत्यु भएको थियो तर उनका भक्तको उनी गहिरो ध्यानमा लिन भएको र एक दिन जीवित हुने विश्वास रहेको छ ।
उनीहरुले उनको शवलाई पंजाबको एक विशाल आश्रममा फ्रिजरमा राखेका छन् ।
विवादः
उनका छोरा भनि दाबी गर्ने दिलिप कुमार झा र उनका भक्तबिच उनको शरिरको विषयमा विवाद चलिरहेको छ । दिलिप उनको पिताको हिन्दु संस्कारअनुसार अन्तिम संस्कार गर्न चाहन्छन् ।
तर अहिलेको निर्णयमा अदालतले सन् २०१४ को त्यो निर्णयलाई उल्टाइदिएको छ जसमा आशुतोष महाराजाको मृत्युको पुष्टि भएपछि उनको अन्तिम संस्कारको अनुमती दिइएको थियो ।
दिलिप कुमार झाका वकिलले समाचार एजेन्सी एफपीलाई दिएको जानकारी अनुसार अदालतले आशुतोष पुनर्जीवित हुने भक्तहरुको विश्वासमा कसरी सहमत भए भन्ने बारे स्पष्ट हुन सकेको छैन ।
उनको मृत्युपछि उनका प्रवक्ता स्वामी विशालानन्दले बीबीसीसँग भनेका थिए, ‘उनको मृत्यु भएको छैन । मेडिकल साइन्सले योज विज्ञानको कुरा बुझ्दैन । हामी कुर्नेछौं र हेर्नेछौं । हामीलाई पूर्ण विश्वास छ कि उनी पुनर्जीवित हुनेछन् ।’

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads