Loading...
सन्तान जन्माउन मन छैन ? यो लेप लगाउनुस्

काठमाडौं — लोग्नेमानिसहरूका लागि गर्भनिरोधक एउटा लेप आएको छ । यो क्रीम राखेपछि शुक्रकीटको प्रवाह बन्द हुन्छ । 


बाँदरहरूमाथि गरिएको परीक्षण सफल भएपछि अब मानिसलाई यो क्रीम लगाउन दिइने भएको छ । 

भ्यासलक्रीमलाई पुरुषको ट्युबमा हालिनेछ । क्रीमले शुक्रकीटलाई लिंगमा जान दिँदैन । 

यस्तो नयाँ गर्भनिरोधक ल्याउने कम्पनीले दुई वर्षको परीक्षणपछि यो क्रीमले काम गर्ने पत्ता लागेको बतायो । केही वर्षभित्रैमा पुरुषहरूमा यसको प्रयोग गर्न सकिने उसको विश्वास छ । 

यो प्रयोग सफल भयो अनि यसलाई कानूनी स्वीकृति पनि प्राप्त भयो भने केही वर्षभित्रै भ्यासलजेलले पुरुष गर्भनिरोधक बनाउनेछ । 

अहिले पुरुषहरू दुई तरिकाले गर्भनिरोध गरिरहेका छन् ः कन्डम र भ्यासेक्टोमीद्वारा । भ्यासलजेल आयो भने त्यो पनि एकप्रकारको भ्यासेक्टोमी नै हुनेछ । 

भ्यासेक्टोमीभन्दा विपरीत पुरुषले बच्चाका सम्बन्धमा फैसला परिवर्तन गर्न चाह्यो भने भ्यासलजेलले त्यो विकल्प पनि दिनेछ । 

बीबीसी हिन्दीबाट

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads