Loading...
मोना बेल्जियमको अध्यक्षमा योगेन्द्र विश्वकर्मा

म्याग्दी, २ साउन । बेल्जियममा रहेका म्याग्देलिहरुको साझाँ संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेल्जियमको अध्यक्षमा योगेन्द्र विश्वकर्मा चयन हुनुभएको छ । मोना बेल्जियमको पाँचौँ अधिवेशनबाट विश्वकर्माको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन गरिएको छ । अधिवेशनबाट निवर्तमान अध्यक्षमा चन्द्र कार्की, उपाध्यक्षद्वयमा ज्ञान बहादुर बिक र गणेश भण्डारी निर्वाचित हुनुभएको छ । त्यस्तै महासचिबमा प्रदिप थापा, सह–सचिव बेलु भण्डारी , कोषाध्यक्ष हरि शाही, ब्यबस्थापन बिभाग प्रमुखमा कृष्ण सुनार, खेलकुद बिभाग प्रमुखमा दिपक भण्डारी र सांस्कृतिक बिभाग प्रमुखमा ज्ञानु बरुवाल चयन हुनुभएको छ । 
सदश्यहरुमा क्रमश पर्मलाल बिक, मनशुवा परियार, अमिर शाही , चन्द्र तुलाचन निर्वा्चित भए भने अन्य दुइजना समितिको पहिलो बैठकबाट सर्वसम्मत रुपमा चयन गरिने जनाइएको छ । कार्यक्रममा बेल्जियमका लागी पर्यटनदुत तथा मोना बेल्जियमका संस्थापक अध्यक्ष शिब बरुवाल, पुर्ब अध्यक्षद्धय योगेन्द्र श्रेष्ठ र घनश्याम शाहिको निर्वाचन मण्डलले सर्वसम्मत रुपमा नयाँ कार्य समितिको चयन गरेको थियो ।
संस्थाका अध्यक्ष चन्द्र कार्किको अध्यक्षता तथा मोना अन्तर्रािष्ट्रय समितिका महासचिव घनश्याम शाहिको प्रमुख आतित्यथामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष ज्ञानबहादुर विश्वकर्माले स्वागत र महासचिव योगेन्द्र विश्वकर्माले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा मोना अन्तर्रािष्ट्रय समितिका महासचिव घनश्याम शाहि, मोना बेल्जियमका पुर्ब अध्यक्ष तथा मोना अन्तराष्ट्रिय समितिका सङ्गठन बिभाग प्रमुख योगेन्द्र श्रेष्ठ , सस्थापक अध्यक्ष तथा बेल्जियमका लागि नेपाल सरकारका पर्यटन दुत शिव कुमार बरुवाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा मोना अन्तराष्ट्रिय समिति यूरोप उपाध्यक्ष राजेन्द्र कार्कीको समेत उपस्थिति रहेको थियो । उदघाटन समारोहको समापन पश्चात महासचिवको प्रगति प्रतिबेदन तथा कोषाध्यक्षको आर्थिक प्रतिबेदन सर्बसम्मत रुपमा पास गरिएको थियो ।
कार्यक्रममा तत्कालीन अध्यक्ष चन्द्र बहादुर कार्कीले आपनो कार्यकाल सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै समिति विघटनको घोषणा गर्नु भयको थियो । दुई बर्ष कार्यकालको लागी निर्वाचित नयाँ कार्य समितिलाई पुर्ब अध्यक्षहरु शिव कुमार बरुवाल र घनश्याम शाहीले खादा र अबिर लगाई सम्मान गर्नुका साथै पुर्ब अध्यक्ष योगेन्द्र श्रेष्ठले सपथ ग्रहण गराउनु भयको थियो । २००७ सालमा स्थापना भएको मोना बेल्जियमले जिल्लाको शिक्षा, स्वास्थ्य, आर्थिक विपन्नताको कारण उपचारबाट बन्चित भएका व्यक्ति, दैवि प्रकोप पिडित, विकास निर्माण लगायतको विभिन्न सामाजिक क्षेत्रमा आर्थिक सहयोग पु¥याउँदै आएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads