Loading...
साउने संक्रान्ति मान्न माइत जाँदै गर्दा भिरबाट लडेर एक महिलाको मृत्यु



साउने संक्रान्ति मान्न माइत जादैँ गरेकी एक चेलीको भिरबाट लडेर ज्यान गएको छ ।
दाङको पहाडी भेगमा पर्ने बंगलाचुली ४ की ३५ वर्षकी शिवादेवी घर्तीको स्थानीय छहरेखोलाको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साउने संक्रान्ति मान्न माइत जाने क्रममा भिरबाट लडेर उनको आइतबार बेलुका ज्यान गएको प्रहरीले जनाएको छ । सडक छेउमै रहेको भिरबाट लडेर एक सय मिटर तल खसेकी थिइन् । उनको आइतबार बेलुका ६ बजेतिर घटनास्थलमै ज्यान गएको थियो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads