Loading...
नेपाली जनप्रगतिशील मंच ओमनको प्रथम अधिवेसन सम्पन्न


जुलाइ ८ ओमान   ७ जुलाई शुक्रबारको दिन नेपाली जनप्रगतिशील मंच, ओमनको प्रथम अधिवेसन ओमनको मस्कट स्थित अल रेफ होटेलमा संपन्न भएको छ । नेपाली जनप्रगतिशील मंच, ओमनको आयोजनक समितिका संयोजक पदम प्रसाद अर्यालको अध्यक्षमा संपन्न अधिवेसनमा महान शहिदप्रति एक मिनेट मौनधाराणा गरि सुरु भएको थियोे ।

 अधिवेसनको प्रमुख अतिथि माओवादी केन्द्रिय हेड क्वाटर र बिदेश बिभाग प्रमुख भुतपुर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायण काजी श्रेष्ठ प्रकाशले गर्नु भएको थियो । विशिस्ट अथितीमा नेपाली दूतावास ओमनको महामहिम राजदुत सर्मिला पराजुली ढकाल, राजदुतावास ओमनका नियोग प्रमुख रोजिना ताम्राकार,गैर आवासीय नेपाली संघ मध्य पुर्वी संयोजक डि. बि. श्रेत्रि, नेपाल चेम्बर अफ कमर्सका चन्दी ढकाल, नजनवादी गायक नवीन खड्काको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा उपस्थित अतिथि तथा जनसमुदायहरुलाई स्वागत समिति अधिकारी गर्नु भयो,
मंचका उपाध्यक्ष तुला गिरिले कार्यक्रम संचालन गर्नु भएको थियो । कार्यक्रममा ज्ञात अज्ञात सहिदहरु प्रति एक मिनेट मौन धारण पछि राष्ट्रिय गान , अन्तर्राष्ट्रिय कम्युनिस्ट गान बजाई मजदुर र किसानको सम्मान गरि कार्यक्रम अगाडि बढाउनु भएको थियो ।

कार्यक्रममा ओमान विभिन्न संघ संस्थाको बाक्लो उपस्थिति रहेको रहेको थियो, नेपाली काङ्ग्रेस संबद्ध नेपाली जनसम्पर्क समिती सभापति फर्सुराम पोख्रेल,नेपाली मंचका अध्यक्ष गगन कार्की,एकता समाजका छबिलाल बस्नेत,विवेकशिल दलको ओमानका प्रतिनिधि जिबन कार्की,गैरआवसिय संघ ओमानका अध्यक्ष दिपक श्रेष्ठ,नेपालि समाज ओमानकि अध्यक्ष इच्छा राई, साहित्य च्यापटर ओमानका दिल प्रसाद पौडेल,नेपाली महिला समुहको अध्यक्ष उमा आचार्य,दलित एकता संजालका अध्यक्ष शुरेस बराली,बुध भिजनका अध्यक्ष निगल लामा,मगर संघका अध्यक्ष सुर्य थापा,तमु समाजका राम तामाङ,सगरमाथा समुहका अध्यक्ष राजेन्द्र चौधरी,नेपाली फेलोसोपी समुहका अध्यक्ष संगम सिंह,ओमान स्थित नेपालीहरुको अभिभावक तोलाकान्त भट्टराई लागयतले मन्तव्य राख्नु भएको थियो ।

विशिष्ट अथिती गैर आवासीय नेपाली संघ मध्य पुर्वी संयोजक डि. बि. क्षेत्रीले ओमानको समस्या चौरमा बसेर फलाके हुदैन, नेपाली दूतावास र सबै संघ सगठ संग हातेमालो गरेर समाधान गर्नु पर्ने बताउनुभयो ।
विशिस्ट अथिति ओमान स्थित नेपाली दूतावासको महामहिम राजदूत सर्मिला पराजुली ढकालले नेपालको युद्ध र राजनीतिक समस्याले गर्दा बाध्यता बस नेपाली बिदेशमा आउनु परेको छ अहिले ओमानमा २० हजार कामदार रहेका छन, त्यसमा पनि मानव तस्करले नेपाली दिदिबहिनीहरु लाई भारत, हुँदै खादी मुलुकमा बेच्ने गरेकाले समस्यामा परेका दिदिबहिनीहरुको उद्धारमा समस्या भएको बताउनु भयो दूतावास सके सम्म समस्याको समाधान गर्ने तिर लागि परेको र दूतावासले अहिलेसम्म ५१ जना नेपाली दाजुभाइ दिदिबहिनीहरुको उद्धार गरि स्वदेश फर्काउने काम गरेको बताउनु भयो ।

नेपालबाट आउनु भएका विशिस्ट अथिति नेपाल चेम्बर अफ कमर्सका चन्दि ढकालले नेपालको राजनीतिक अस्थिरता, भुकम्पले गर्दा नेपाली दाजुभाइ दिदिबहिनीहरु बाध्यता बस बिदेशीनु परेको छ तर हामीले भन्ने गरेका छौ, जब सम्म बिदेशमा रहेको नेपाली युवाहरूलाई स्वदेशमा रोजगार दिन सकिदैन देश बाट युवा बाहिरिने क्रम जारी रहने छ । अहिले हाम्रो छिमेकी मुलुक भारतमा मात्रै ६० लाख नेपालीले न्युनतम तलबमा काम गर्ने बाध्य रहेका छन । जबसम्म देशले कृषिमा लगानी र क्रान्ति गर्ने सक्दैनन्, देश तपाईहरुले पठाउनु भएको रेमिटेन्सले देश चलाउन परेको छ । अब सरकारले कृषिमा बृहत् लगानी गर्नु पर्छ अहिले देशको आधा जनसंख्या बाहिर छ यो गम्भीर विषय भएको बताउनु भयो । कार्यक्रमको बिच बिचमा जनवादी गायक नविन खड्काले संगीत मार्फत उपस्थितिहरुमा संगीतमय बनाउनु भएको थियो ।


प्रमुख अतिथि माओवादी केन्द्रिय हेड क्वाटर र बिदेश बिभाग प्रमुख भुतपुर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायण काजी श्रेष्ठ प्रकाशले नेकपा माओबादी पार्टीले अहिले देशमा आफ्नो एजेन्डा गाउँ गाउँमा पुर्याउन सफल त भयो अब पार्टी देश बिकास तिर लाग्नु पर्छ, यदि हामीले देशलाई बिकास गर्न सकेनौं भने नेपाली नेता पनि नालायक हुने बताउनु भयो । अहिले नै युवाहरूलाई तुरुन्तै वैदेशिक रोजगार बन्द गर्न सकिन्न,देशले अब युवाहरूलाई बिदेशीन बाट बिस्तारै रोक्नु पर्छ, यदि हामिले यो गर्न सकेनौं भने देश पुरै वृद्धआश्रममा परिणत हुने डरलाग्दो संकेत देखा परेको छ । देशले कृषिमा लगानी बढाउनु पर्छ, नेपालमा कर्मचारीतन्त्र धेरै घुसखोरी भएको र कानुनी रुपमा हुने कामलाई पनि तेबुल मुनि बाट हात राख्ने बानी अहिले झन बढेकोले जनताले सरकारी काममा राहत नपाएको सरकारले चाहेर पनि यो समस्या समाधान गर्न नसकेको बताउनु भयो । वैदेशिक रोजगारीको समस्या झन विकराल रहेको छ, फ्रीरि भिसा प्रणाली देखाउने दात र चबाउने अर्कै छ । भन्ने बेलामा फ्रीरि भिसा भनेर युवाहरूलाई आकर्षक गर्ने, लिने बेलामा १,५००००- हजार लिने अनि १० हजारको रसिद दिने गर्नाले भष्ट्चार मौलाएको छ । यो सबै अन्त्यको लागि आउने चुनावमा बिदेशमा रहनु भएका नेपालीलाई नेपाल आएर निर्णायक भोट गरि माओवादी केन्द्रलाई जिताउन र बिकासमा हातेमालो गर्न अब सबै एक हुनुपर्ने बताउनु भयो । नेपाली प्रगतिशील मंच ओमनको नव निर्वाचित टिमलाई अबिर लगाइ शुभकामना दिनु भयो ।

नेपाली प्रगतिशील मंच ओमनको नव निर्वाचित टिम

अध्यक्ष : उमेश वि क
प्र. उपाध्यक्ष :हेम आचार्य
दृ उपाध्यक्ष : चक्रमान तामाङ
तृ उपाध्यक्ष : कमला तामाङ
महासचिव : समिति अधिकारी
सचीव : रामसिङ्ग तामाङ
सहसचिव : शोभा आचार्य
कोषाध्यक्ष : पंचराम श्यानतान तामाङ
सकोषाध्यक्ष : राम लासिवा
सदस्य


अर्जुन कार्की,मोहन गिरि,दिपक परियार,रिना मायाँ तामाङ,बिशाल शुब्वा,चित्र बहादुर के. सि,कमल कटवाल,ईश्वर राणा,श्याम महत्तो,शुरेश बराली,बिभी तामाङ, रहेका छन । कार्यक्रममा लेखक, पत्रकार लागायत विभिन्न पार्टी परित्याग गरि २६ जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए । हल खचाखच ओमान स्थित कार्यरत नेपालीले भरिएरको थियो महाधिवेसन एउटा पर्व पनि भएकोले आयोजकले खानाको ब्यवस्था गरिएको थियो । इरुप्से डट्कमका पुर्ण पहाडीले कार्यक्रमको प्रत्यक्ष फेस्बुक बाट लाइभ प्रशारण गर्नु भएको थियो । नव निर्वाचित सदस्यहरुले आउदो दिनमा सबै संघ संस्था संगठन मिलेर ओमानमा आइ पर्ने समस्याको समाधान गर्ने प्रतिबद्धता गर्दै कार्यक्रमको अन्त्य भएको थियो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads