Loading...
अन्तरजातीय बिहे र जातीय छुवाछुतको आवाज शर्मिलाको तीज गित


काठमाडौं, १ साउन – लोकगायिका शर्मिला गुरुङ र कुमार पुनले तीज विशेष गीत बजारमा ल्याएका छन् ।

‘विरानो माइती’ बोलका गीतमा अन्तरजातीय बिहेले निम्त्याएका समस्यालाई केलाइएको छ । गीतका शब्दलाई रमेश विजीले लेखेका छन् भने संगीत शर्मिला गुरुङको रहेको छ । गीतमा शर्मिला गुरुङ र कुमार पुनले स्वर दिएका छन् ।

शर्मिला गुरुङ, चन्द्र शर्मा, भीममाया गुरुङ लगायतका कलाकारले अभिनय गरेको गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् भने विष्णु शर्माको सम्पादन रहेको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads