Loading...
कास्की र रुपन्देहीमा ३ जना वेपत्ता, हर्पन खोलाले दुई जनालाई बगायो

हर्पन खोलाको बाढी

२६ असार, काठमाडौं । कास्की र रुपन्देहीमा बगेर तीन जना वेपत्ता भएका छन् । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १८ स्थित हर्पन खोलामा सोमबार माछा मार्न गएका दुई जना वेपत्ता छन् । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३ नदीपुरका २४ वर्षीय इन्द्र पुन र ललित पुन बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
माछा मार्न गएका ७ जनामध्ये २ जनालाई बगाएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए । माछा मार्न मध्याहृन १२ बजेतिर हर्पन खोला गएका उनीहरु अपराहृन करीब ४ बजेतिर बेपत्ता भएको उनीहरुसँगै माछा मार्न गएकाहरुले बताएका छन् । सामान्य पौडिन जान्ने उनीहरु माछा मार्ने क्रममा भुमरीमा परेर नदीले बगाएपछि बेपत्ता भएको सँगै माछा मार्न गएकाहरुको भनाई छ ।

बेपत्ता भएको खबर पाएलगत्तै प्रहरीको टोलीले खोजि कार्य शुरु गरेको प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खत्रीले बताए । गोताखोरको प्रयोग गरेर खोजी गरेपनि अहिलेसम्म स्थिति जानकारीमा नआएको उनले बताए । अविरल वर्षाले खोलामा पानीको सतह बढेका कारण बेपत्ताको खोजीमा समस्या भएको उनले बताए ।
हर्पन खोला फेवातालमा आएर मिसिन्छ ।
पौडी खेल्न ड्याममा हाम फालेका युवक बेपत्ता
यसैगरी रुपन्देहीको ओमसतिया गाउँपालिका १ मा सिचाईको लागि तयार पारिएको ड्याममा एक युवक बेपत्ता भएका छन् । साथीहरुसँग पौडी खेल्न गौनहिया स्थित सिचाईं ड्याममा गएका सिद्धार्थनगर नगरपालिका ६ का १९ वर्षीय डिलेन राना मगर वेपत्ता भएका हुन् ।
उनी नुहाउनका लागि ड्याममा हाम फालेको र  बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं डिएसपी बेल बहादुर पाण्डेले जानकारी दिए । उनले बेपत्ता भएको युवक खोजी कार्य जारी रहेको बताए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads