Loading...
घरमाथिबाट पहिरो खस्दा एकै घरका ३ को मृत्यु, ३ घाइते


तेह्रथुम - जिल्लाको म्याङलुङ नगरपालिका ५ आम्दिममा पहिरोले पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ । पहिरोमा परी तीन जना घाइते भएका छन् । 
गएराति दुई बजेतिरको समयमा घरमाथिबाट पहिरो खसेको बताइएको छ ।
पहिरोमा परी एउटै घरमा रहेका ५० वर्षे कुमारी सोदेम्बा, उनकी नातिनी १२ वर्षकी प्रिति सोदेम्बा र नाति ९ वर्षका प्रेम सोदेम्बाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । 
साथै पहिरोमा परेर ३६ वर्षका सोमकुमार सोदेम्बा, २० वर्षका लोकप्रसाद सोदेम्बा र १५ वर्षका प्रिया सोदेम्बा घाइते छन् ।
घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
घरमाथिबाट खेतमा सिंचाईका लागि लगेको कुलो भत्किएर पहिरो जाँदा घर पुरिएको हो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads