Loading...
पोखरामा नयाँ जेब्राक्रस निर्माणको काम सुरु

पोखरा लेखनाथ महानगरमा नयाँ जेब्राक्रस निर्माणको काम सुरु गरिएको छ । पैदल यात्रुलाई सडक पार गर्नको लागि जेब्रा क्रस पर्याप्त नभएको गुनासो आइरहेका बेला जेब्राक्रस निर्माणको काम सुरु गरिएको हो । पुरानो जेब्राक्रसलाई हाइलाइट गरिनुको साथै नयाँ स्थानमा जेब्राक्रस निर्माण गर्ने काम सुरु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी नायव निरिक्षक शिव थापाले बताए ।
शुक्रवार देखि सुरु भएको जेब्राक्रस निर्माण र मर्मतका काम आगामी ८ देखि ९ दिन भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सडक डिभिजन कार्यालयले जेब्राक्रस निर्माणको लागि आवहन गरेको ठेक्का प्रक्रिया अनुसार जेब्राक्रस निर्माणको जिम्मा त्रिवेणी निर्माण सेवाले पाएको छ ।
भ्याट सहित कुल ३६ लाख रुपैयामा ठेक्का लिएको र आगामी ९ दिन भित्र महानगरका १५९ स्थानमा जेब्राक्रस बनाइसक्ने निर्माण कम्पनीका प्रमुख लक्ष्मण पाण्डेले पिसपोखरालाई जानकारी दिए । साथै लेन विभाजनको लागि रोड मार्किङको काम पनि यहि अबधिमा हुनेछ ।
‘जेब्राक्रस र रोड मार्किङको लागि थुप्रै पटक चिठ्ठी लेखियो होला बल्ल काम सुरु भयो,’ प्रहरी नायब निरिक्षक थापाले भने ‘पुरानो जेब्राक्रसको मर्मत र नयाँ स्थानमा निर्मँण भएपछि पैदलयात्रुलाई सहज हुनेछ । ‘उनका अनुसार ट्राफिक प्रहरीको सुझाब अनुसार तत्कालको लागि अत्यावश्यक स्थानहरुमा जेब्राक्रस थप गर्न लागिएको हो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads