Loading...
साझा र विवेकशील पार्टी एकीकरण हुने

काठमाडौं, ९ साउन - विवेकशील नेपाली दल र साझा पार्टी एकिकरणको नजिक पुगेका छन् । प्राविधिक विषयहरु टुंगिएको खण्डमा एक महिना भित्र पार्टी एकिकरण हुने छ । स्थानीय निर्वाचन भन्दा अघि पनि यी दुई दलले एकिकरणको प्रयास गरेका थिए ।

तर उज्जवल थापा वा रवीन्द्र मित्र कसले एकिकृत पार्टीको नेतृत्व गर्ने भन्ने सन्दर्भमा सहमति हुन सकेको थिएन । साझा पार्टीका प्रवक्ता तथा वार्ता टोलीका संयोजक सूर्यराज आचार्यले दुई दलका लगभग सबै एजेण्डा मिल्ने भएकोले आफूहरु एकिकरणका लागि संवादमा रहेको बताए ।

उनले एकिकरण हुने विषय लगभग टुंगोमा पुगेको पनि बताए । अब केही दिनमै सम्पूर्ण प्राविधिक विषयहरु टुंग्याएर आफूहरु एक महिना भित्रमा पार्टी एकिकरण हुने सम्भावना रहेको उनले बताए । 



अहिले सामुहिक नेतृत्वमा जाने सहमति भएको उनले बताए । विवेकशीलले पनि साझासँग एकिकरणको लागि थालिएको वार्ता सकारात्मक भएको जनाएको छ । एकिकरण पछि एकता महाधिवेशन गरेर नयाँ नेतृत्व छनौट हुने आचार्यले बताए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads