Loading...
चीन जाँदाजाँदै केपी ओलीले एयरपोर्टमा बामदेवलाई के दिए ?

काठमाडौँ, ७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चीनको धार्मिक पर्यटकीयस्थल मानसरोवरको एकसाता लामो भ्रमणमा निस्केका छन् ।
चीन भ्रमणमा जान लागेका पार्टी अध्यक्षलाई बिदा गर्न एमालेका उपाध्यक्ष बामदेव गौतम, महासचिव ईश्वर पोखरेल, पूर्वसभामुख एवं संसदीय दलका नेता सुवास नेम्वांग, पोलिटव्युरो सदस्य विष्णु रिमाल, केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठ, केन्द्रीय सदस्य हिक्मत कार्की लगायत त्रिभुवन बिमानस्थलमै पुगेका थिए ।
अध्यक्ष ओलीले बिमानस्थलमै उपाध्यक्ष गौतमलाई कार्यबाहक अध्यक्षको पत्र थमाएका थिए । एमालेभित्र अहिले चार जना उपाध्यक्ष छन् । तर, ओलीले वरिष्ठताका आधारमा गौतमलाई कार्यबाहक दिने गरेका छन् ।
हिन्दु तथा बौद्ध धर्मालम्बीको प्रमुख तीर्थस्थल मानिने चीनको स्वशाषित क्षेत्र तिब्बतमा पर्ने कैलाश मानसरोवर भ्रमणका लागि ओली शनिबार त्यसतर्फ लागेका हुन् ।
बिहान साँढे ११ बजेको जहाजबाट त्यस तर्फ प्रस्थान गरेका ओलीसँग धर्मपत्नी राधिका शाक्य, स्वकीय सचिव राजेश बज्राचार्य र चिकित्सक सहितको ७ जनाको टोली छ ।
तिब्बत बसाईका क्रममा ओलीले चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी समितिका नेता, तिब्बत सरकार प्रमुख र मन्त्रीहरु लगायतसँग राजनीतिक भेटवार्ता गर्ने बताइएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads