Loading...
संसदमा मन्त्रीको जवाफ : संघीयताको ढाँचा अनुसार मुलुक चलेको छ


काठमाडौं–व्यवस्थापिका संसदमा विनियोजन विधेयक–२०७४ माथि सांसदहरुले राखेका जिज्ञासाको जवाफ सम्बन्धित मन्त्रीहरुले दिने क्रम सुरु भएको छ ।
व्यवस्थापिका संसदको आईतबारको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिँदै सम्बन्धित मन्त्रीहरुले संघीयता ढाँचा अनुसार मुलुक अघि बढेको र सोही अनुसारको नीतिगत व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको पनि बताएका छन ।

 आइतबारको संसद बैठकमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले संघीयता कार्यान्वयन हुनेगरी बजेटको व्यवस्था गरेको बताए । उनले बजेटले तीनवटै तहको निर्वाचन, राष्ट्रिय गौरव आयोजनाहरुको निर्माण र भूकम्प पछिको पुनर्निर्माणको कामलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पारे । मन्त्री कार्कीले चुनावी आचारसंहिताका कारण सरकारले बजेटमा नयाँ कार्यक्रम भने ल्याउन नसकेको पनि स्मरण गराए । 

त्यस्तै, श्रम मन्त्री फरमूल्लाह मन्सुरले असल श्रम सम्बन्ध विस्तार गर्ने नीतिलाई आफूले उच्च प्राथमिकता दिएको उल्लेख गरे । उनले श्रमिकहरुको हक, अधिकारलाई सुनिश्चित गर्न सरकारले राष्ट्रिय रोजगार नीति कार्यान्वयनमा ल्याउको पनि स्पष्ट पारे । रोजगारीको अवसर सृजना गर्नका लागि सरकारले उद्योमी प्रोत्साहन कार्यक्रमलाई प्राथमिकता दिएको मन्त्री शर्माको भनाइ थियो । श्रम मन्त्री मन्सुरले सरकारले रोजगारीको अवसर सृजना गर्नका लागि ठूला परियोजना संचालनको कामलाई पनि प्राथमिकता दिएको पनि बताए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads