Loading...
मिस विश्वकर्माका लागि १५ छनौट

Click to Load Image

काठमाडौं– विश्वकर्मा समुदायका युवतीहरुको प्रतिभा प्रष्फुटन गर्ने उद्घेश्यले आउँदो ८ सेप्टेम्बरमा कतारमा आयोजना हुने मिस विश्वकर्मा इन्टरनेशनलको बिहिबार राजधानीमा अडिसन गरिएको छ । 

काठमाडौंका १८ प्रतियोगी र उपत्यका बाहिरका ३१ प्रतियोगीबीच भएको अडिसनबाट १५ युवती छानिएका छन् । ३ भदौमा यी मध्येबाट अन्तिम प्रतिस्पर्धाका लागि टप १० छानिनेछन् । 

मोनाली इन्टरटेन्मेन्टले आयोजना गरेको मिस विश्वकर्मा इन्टरनेशलको काठमाडौं अडिसनमा निर्णायक  मिस नेपाल २००५ कि सुगारिका केसी, संगीतकार राजु सिंह, कोरियोग्राफर बिजु बहिनी श्रेष्ठ, निर्देशक बिभोर पोख्रेल र मोडल दिवस उप्रेती रहेका थिए । 

नेम क्याफेमा आयोजित अडिसन कार्यक्रममा बोल्दै आयोजक संस्थाका अध्यक्ष दिपक बराइलीले मिस बिश्वकर्मा इन्टरनेशनल भब्य र सब्य तरिकाले सम्पन्न गर्ने बताए । 

उनले बिश्ककर्मा समुदायका युवतीहरुमा भएको सिप, कलालाई देश भित्र मात्र नभएर देश बाहिरसम्म चिनाउने उद्देश्य कार्यक्रमको रहेको बताए ।
मिस विश्वकर्मा इन्टरनेशलको बिजेताले टिभिएसको स्कुटर जित्ने छन् । प्रतियोगितालाई बराह ज्वेलर्स र आईएमईले मुख्य प्रायोजन गरेको छ ।  

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads