Loading...
खोटाङमा अन्तरजातीय विवाह गर्ने जोडी सम्मानित





खोटाङमा अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको छ ।
अन्तरजातीय विवाह गरेर समाजमा उदाहरणिय काम गरेको भन्दैसात जोडीलाई खोटाङ दलित विकास मञ्च नेपालले बिहीबार सम्मान गरेको हो ।
मञ्चले रुपाकोट–मझुवागढी नगरपालिका–२ सोल्माका गंगाबहादुर विश्वकर्मा र सरिता राई, रुपाकोट–मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका प्रकाश तोलाङ्गे र ललिता राई, रुपाकोट–मझुवागढी नगरपालिका–२ सोल्माका सरोजकुमार बिक र ईश्वरी सुवेदी, रुपाकोट–मझुवागढी नगरपालिका–११ खार्मीका भूमिराज दर्जी र पार्वती गुरुङ, दिप्रुङ गाउँपालिका–१ याम्खाका हरि मुग्राती र लक्ष्मी गुरुङ, रुपाकोट–मझुवागढी नगरपालिका–१ दिक्तेलका राजेन्द्र बिक र शुशीला मगर तथा खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका यदुकुमार नेपाली र कुमारी आचार्यलाई सम्मान गरेको हो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads