Loading...
श्रीमतीको हत्या गरेर टाउँकोसहित प्रहरी कार्यालय पुगेर आत्मसमर्पण



एक व्यक्तिले घाँटी रेटेर श्रीमतीको हत्या गरेर टाउँकोसहित प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेका छन् ।
बाँकेको कोहलपुर–४ बेलनापुरका २९ वर्षीय अहमद अफताब बेडुवाले श्रीमतीको घाटी रेटेर हत्या गरेर श्रीमतीको काटिएको टाउकोसहित प्रहरी कार्यालय पुगेर आत्मसर्मपण गरेका हुन् । बेडुवाले २६ वर्षीया श्रीमती फूलचन बेडुवाको हत्यापछि टाउकोसहित इलाका प्रहरी कार्यालय कोहलपुरमा पुगेर आत्मसमर्पण गरेका हुन् ।
राति १० बजे श्रीमतीको हत्या गरेका बेडुवा साइकल चढेर टाउकोसहित प्रहरी कार्यालय पुगेका थिए । उनको घर र प्रहरी कार्यालयबीचको दूरी २० मिनेटको अन्तरमा रहेको बताइएको छ ।
‘सधैंभरि किचकिच र झगडा गरेर सताउने बाहेक केही गरिन, त्यसैले हत्या गरिदिएँ’ भन्दै उनी टाउकोसहित इलाका प्रहरी कार्यालय आएको प्रहरी नायव उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।
बडुवाका दुई श्रीमतीमध्ये उनले जेठीको हत्या गरेका हुन् । ज्यामी काम गरेर जीविकोपार्जन गर्दै आएका उनीसहित उनको कान्छी श्रीमतीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । जेठी श्रीमतीतर्फकी ७ महिने छोरीको पनि प्रहरीले उद्धार गरेको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads