Loading...
कतै तपाई चिप्कु गर्लफ्रेण्ड त बनिरहनु भएको छैन


अवश्य पनि, तपाई आफ्नो व्वाइफ्रेण्डलाई धेरै माया गर्नुहुन्छ । जिन्दगीका हरेक पल उनीसँगै विताउन चाहनुहुन्छ । तर सम्बन्धमा यस्तो स्पेस पनि आवश्यक हुन्छ कि उनी स्वास फेर्न सकुन् । सबैभन्दा राम्रो यो हुन्छ कि तपाई ‘चिप्कु’ नबन्नुहोस्, र उनको स्वतन्त्रताको सम्मान गर्नुहोस् । 

को हुन् चिप्कु गर्लफ्रेण्ड ? 

तपाई उनीमाथि निगारानी गर्नुहुन्छ । तपाई चाहनुहुन्छ कि हरेक गतिविधि, हरेक व्यवहार तथा उनीसँग जोडिएका हरेक विषय तपाईलाई थाहा होस् । तर धेरैपटक तपाईको यो इच्छाले कहिले निजीत्वको सीमा नाघ्छ थाहा नै हुँदैन । 

ख्याल राख्ने तपाईको बानी, प्रेम नै किन नहोस् । तर ‘चिप्कुपन’ लाग्ने गर्छ । याद राख्नुहोस् धेरै मीठो पनि जहर हुन जान्छ । प्रेम महशुष गराउने अरु धेरै उपाय छन्, उनीहरुको बारेमा पनि सोचेर हेर्नुहोस् । 

‘चिप्कु’ गर्लफ्रेण्डको मतलव यो हैन कि, तपाई नराम्रो गर्लफ्रेण्ड हो । सम्बन्धमा जब प्रेम र समझदारीको कमी हुन्छ, चाहे कारण जेसुकै होस्, यसमा कतै न कतै असुरक्षाको भावनाले ठाउँ लिन जान्छ । 

आफ्नो साथीलाई गुमाउने हो कि भन्ने डर लाग्न थाल्छ । उनीहरु कुनै पनि मूल्यमा आफ्नो साथीलाई गुमाउन चाहँदैनन् । यीनिहरुले प्रेम तथा ध्यान आकर्षित गर्नका लागि नै यस्तो उपाय अपनाउँछन् । 

‘चिप्कु’ गर्लफ्रेण्डका लक्षण

के तपाई आफ्नो व्वाईफ्रेण्डलाई उनका व्यक्तिगत गतिविधिका लागि पर्याप्त समय दिनुहुन्छ ? कतै तपाईका कारणले उनले आफ्ना लागि समय निकाल्न सकेका छैनन् कि ? केटाहरुलाई आफ्नो व्यक्तिगत स्वतन्त्रता धेरै प्यारो लाग्छ । तपाईले यो महशुष गर्नु आवश्यक हुन्छ कि, उनलाई आफ्ना लागि समय आवश्यक पर्छ । 

घन्टौं कुरा गर्ने चाहना 

हुन सक्छ कि तपाईलाई हरेक रात बेडमा पल्टिएर घन्टौं उनीसँग फोनमा कुरा गर्न मन पर्छ । र तपाईको व्वाईफ्रेण्ड पनि सुरुवातमा यस्तो गर्न मन पराउँथे, तर अहिले यसमा कमी आएको छ ? यसको मतलब यो विल्कुल हैन कि अब उनी तपाईलाई प्रेम गर्दैनन् । 

यदि तपाईको व्वाइफ्रेण्डले घण्टौं फोनमा कुरा गर्न मन पराइरहेका छैनन् भने तपाई पनि केही दिन उनलाई कम मात्रै फोन गर्ने गर्नुहोस् । यसले गर्दा उनी तपाईलाई अझ बढी याद गर्नेछन् । 

व्वाइफ्रेण्डमाथि निर्भर

बाहिर गएर कतै घुम्ने मन लाग्यो भने व्वाइफ्रेण्डलाई पनि साथमा जान कर नगर्नुहोस् । बरु आफ्ना मिल्ने साथीहरुको ग्रुपमा सहभागी भएर तपाई घुमफिरमा निस्कन सक्नुहुन्छ । यदि तपाई ‘चिप्कु’ गर्लफ्रेण्डको ट्याग हटाउन चाहनुहुन्छ भने आफ्नो इज्जत गर्नुहोस् र हरेक कुरामा व्वाइफ्रेण्डको इसारा कुर्ने बानी त्याग्नुहोस् । व्वाईफ्रेण्डलाई आफ्नो जिन्दगीको हिस्सा बनाउनुहोस् । तर उनलाई नै जिन्दगी नबनाउनुहोस् । 

साथीसँग मिल्नमा रोक

धेरै केटीहरुको गुनासो हुन्छ कि, केटा (व्वाइफ्रेण्ड)हरु आफ्ना साथीलाई बढी महत्व दिन्छन् । तर तपाईले यो सोच्नु जरुरी हुन्छ कि, साथी पनि उनको जिन्दगीका लागि महत्वपूर्ण हिस्सा हुन्छन् । 

यदि तपाई आफ्नो व्याइफ्रेण्डलाई पटक पटक साथीहरुबाट टाढा रहनका लागि भन्नुहुन्छ भने यसले गर्दा तपाईहरुको सम्बन्धमा नै दरार आउन सक्ने संभावना हुन्छ । हुनसक्छ कि तपाईका व्वाईफ्रेण्डका केही साथी नराम्रो प्रबृत्तिका होउन् । तर तपाईले त्यस्ता साथीसँग भेट्नका लागि रोक्न भन्दा पनि उनका गल्तीबाट पाठ सिक्न प्रोत्साहन गर्नुहोस् । 

मद्दतको आश

सधैं केटाहरुबाटै मद्दतको आश राख्नु गलत हो । उनीहरुलाई पनि कहिलेकाँही मद्दतको आवश्यकता पर्छ । उनलाई अप्ठेरो पर्दा यदि तपाई सुरक्षात्मक महशुष गराउनु हुन्छ भने सम्बन्धलाई दिगो बनाउन यसले सबैभन्दा सकरात्मक भूमिका निर्वाह गर्छ । आफ्नो व्वाइफ्रेण्डलाई कहिलेकाँही भन्ने गर्नुहोस्, ‘केही सहयोग चाहिएको छ कि ?’ तर सधैं यस्तो भन्नाले पनि दिक्क लाग्न सक्छ । 

असुरक्षाको भावना

तपाईको व्वाइफ्रेण्डले कुनै अन्य केटीसँग कुरा गर्दा तपाई असुरक्षित महशुष गर्नुहुन्छ ? के तपाईलाई लाग्छ कि त्यो केटीका लागि तपाईको व्वाइफ्रेण्डले तपाईलाई छोडिदिन सक्छ ? तपाईको यस्तो सोच गलत हो । के तपाईले आफ्नो व्वाइफ्रेण्डको अलावा अन्य केटाहरुसँग कुरा गर्नुभएको छैन ? यदि गर्नुभएको छ भने तपाईलाई पक्कै पनि थाहा हुनुपर्ने हो कि, मात्र कुरा गर्दैमा त्यस्तो हुँदैन । 


शंका गर्ने बानी 

उनी अबेर रातिसम्म आफ्ना साथीहरुसँग कतै हुन्छन्, अथवा काम गर्दैछन् । यसको मतलव यो हैन कि तपाईको व्याइफ्रेण्ड कुनै अर्की केटीसँग सल्किएका छन् । यदि तपाईको व्याइफ्रेण्डले अर्की केटी मन पराउनु थाल्यो भने के तपाईले रोक्न सक्नु होला र ? 

एक पुरुष र महिलाबीच तब मात्रै प्रेम हुन्छ, जब उनीहरु दुवैजना चाहन्छन् । तपाईको व्वाइफ्रेण्ड तपाईसँग प्रेम गर्छन् तर तपाई हरेक पटक उनलाई शंका गर्नुहुन्छ भने उनी तपाईसँग दूर हुँदै जानेछन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads