Loading...
प्रचण्ड भन्छन्– अझै राज्य संयन्त्र दलितहरुप्रति सकारात्मक हुन सकेन

Click to Load Image
असार २४, काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजमा यति ठूलो परिवर्तन आइसक्दा पनि अझै राज्य र राज्य संयन्त्र दलितहरुप्रति सकारात्मक हुन नसकेको बताएका छन् ।

दलित अगुवा पदम् सुन्दासलाई बहराइनको राजदूतमा नियुक्त गरेकोमा अध्यक्ष प्रचण्डलाई अभिनन्दन गर्न परियार सेवा समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले माओवादी पार्टी र जनयुद्ध नभएको भए महिला, दलित, जनजाति, मधेशी लगायतका समुदाय अपमानित भइरहनुपर्ने स्थिति हुने दाबी गरे । 

माओवादीले उत्पीडितहरुको अधिकारको कुरा गर्दा निकै ठूलो विरोध गरिएको स्मरण गर्दै उनले माओवादीले जनयुद्ध नलडेको भए र उत्पीडितहरुको पक्षमा संघर्ष नगरेको भए क्षमता भएर पनि उनीहरु राज्यको नीति निर्माणको अधिकारबाट बिमूख हुने तर्क गरे । 

जनुयद्धमा दलितहरुको ठूलो संख्यमा बलिदानी नगरेको भए नेपालमा गणतन्त्र स्थापना नै चुनौतिपूर्ण हुने उनको भनाइ थियो । कार्यक्रममा राजदूत पदम् सुन्दासलाई सम्मान गरिएको थियो ।  

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads