Loading...
मेस्सीले २१ महिनाको जेल सजायको सट्टा जरिवाना तिरे हुने


 कर छलीको आरोप लागेका बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीले २१ महिनाको जेल सजायको सट्टा जरिवाना तिरे हुने भएको छ ।
मेस्सीले एक दिनको जेल सजायको सट्टा चार सय युरोका दरले जम्मा दुई लाख ५२ हजार युरो (दुई करोड ९६ लाख रुपैयाँ) जरिवाना तिर्नुपर्ने स्पेनको अदालतले फैसला गरेको हो ।
गएको वर्षको जुलाईमा स्पेनको एक अदालतले कर छलीको आरोपमा दोषी ठहर गर्दै मेस्सीलाई २१ महिना र उनका पितालाई १५ महिनाको जेल सजाय तोकेको थियो । मेस्सी र उनका पिता जर्ज सन् २००७ देखि २००९ सम्ममा कर छली गरेको आरोपमा दोषी पाइएका हुन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads