Loading...
सेभेन ए साईड फुटवल प्रतियोगिताको तयारी

म्याग्दी सदरमुकाम बेनीमा खुल्ला तेस्रो एभरग्रीन कप सेभेन ए साईड फुटवल प्रतियोगिता को तयारीले तिब्रता पाएको छ । एभरग्रीन युवा क्लबको आयोजनामा साउन 15 गतेदेखि २१ गतेसम्म बेनी स्थित खुलामञ्चमा हुने प्रतियोगिताको आर्थिक संकलन, प्रचारप्रसार लगाएत आन्तरिक तयारीलाई अन्तिम चरणमा पुर्याइएको क्लवका अध्यक्ष ललित पुर्जाले बेनीअनलाइनलाई बताए ।
‘स्वदेश तथा विदेशमा रहनुभएका शुभचिन्तकबाट सहयोग जुट्ने क्रम जारी छ । अझै आर्थिक सहयोगको अपेक्षा छ’ पुर्जाले भने । उनले प्रचारप्रसार, आर्थिक संकलन, क्लवलाई पत्रचार लगाएतका कार्यहरुका साथै सामाजिक क्षेत्रमा समेत सहयोग गरिएको बताए । क्लवमा आवद्ध रहेका यूवाहरुलाई जिम्मेबारी बाँडफाँड सहित प्रतियोगितालाई सभ्य, भब्य र मर्यादित बनाउने कार्यमा विषेश ध्यान केन्द्रित गरेको बताए । उनले स्थानीयस्तरमा रहेका प्रतिभाको पहिचानका लागि महत्वपूर्ण मानिएकाले पनि स्थानीय खेलाडीलाई प्राथमिकता दिने क्लवहरुलाई समेत अनुरोध गरिएको बताए ।
हरेक समुहमा ७ जना खेलाडीहरुबिचमा खेलाईने सो फुटवल प्रतियोगितामा बिजेतालाई नगद रु ८० हजार, ट्रफि, मेडल र प्रमाणपत्र तथा उपबिजेतालाई नगद रु ४५ हजार, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने छ । प्रतियोगितामा अनुशासित टिमलाई नगद रु १० हजार, वेष्ट टिम परिचालनलाई नगद रु ५ हजार, र वेष्ट ड्रेस टिमलाई नगद रु ३ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्रद्धरा पुरस्कृत गरिनेछ ।त्यसैगरि उत्कृष्ट गोलरक्षक, स्ट्राइकर, ,खेलाडी, डिफेन्डर र सर्वाधिक गोलकर्तालाई जनही नगद रु ३ हजार, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ ।
प्रतियोगिता सञ्चालनको लागि करिब रु ९ लाख ३० हजार खर्च लाग्ने अनुमान गरिएकाले आर्थिक सहयोगलाई प्रमुख प्राथमिकताका साथ जुटाउने कार्य भइरहेको क्लवले जनाएको छ । सहयोगदाताको विवरण बेनीअनलाइनबाट सम्प्रेसन गरिने छ । क्लबले तीन बर्षदेखि लगातार बेनीमा हरेक बर्ष सेभेन ए साईड कप फुटवल प्रतियोगिता सञ्चालन गर्दै आएको छ । गतबर्षको उपाधीमा कब्जा आयोजकले नै कब्जा जमाएको थियो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads