Loading...
तानाशाह हिटलरको 'यौन' जीवन ?



काठमाडौं — इतिहासका केही क्रूर तानाशाहहरूमध्ये हिटलरको नाम अग्रपंक्तिमा आउँछ । हिटलरले युरोपमा तबाही मच्चाउँदै धेरै यहुदीहरूलाई मारेको कुरा त सबैलाई थाहा छ । तर हिटलरको यौनजीवनका बारेमा पढ्दा आश्चर्यचकित बनाउने तथ्य भेटिन्छन् ।hitler-getty

भतिजीसँग यौन सम्बन्ध जर्मनीको नाजी पार्टीका सदस्य ओट्टो स्ट्रासरले हिटलर आफ्नी भतिजी अंगेला मारिया गेलीका साथ अवैध सम्बन्ध रहेको आरोप लगाएका थिए । त्यसैगरी उसले भतिजीलाई आफूमाथि मुत्न पनि लगाउँथ्यो भनी उनले आरोप लगाए । सन् १९३१ मा गेलीले आत्महत्या गरेकाले योबारेमा सत्यतथ्य जान्न सकिएन । तर पछि हिटलरले आफ्नो पहिलो प्रेम गेली भएको बताएका थिए ।

अभिनेत्रीहरूसँग सेक्स जर्मन अभिनेत्री रेनाते मुलरका अनुसार सेक्स गर्दा हिटलरले अचम्मका हरकत देखाउँथ्यो । ऊ घुँडा टेकेर बस्थ्यो अनि मुलरलाई लातैलातले हिर्काउन लगाउँथ्यो । पछि सन् १९३७ मा मुलर झ्यालबाट लडेर मरिन् ।

समलैंगिक ? संमलैंगिकविरोधीहरूका अनुसार हिटलर र उनका नाजी सेना समलैंगिक थिए । ‘द पिन्क स्वस्तिका’ र ‘द हिडन हिटलर’ जस्ता किताबहरूमा हिटलर समलैंगिक भएको कुरा उल्लेख गरिएको छ ।

बाल यौनशोषण रूढिवादी क्रान्तकारी हर्मन राउस्निङले सन् १९३६ मा नाजी सेना छोड्ने बेलामा हिटलरमाथि बच्चाहरूको यौनशोषण गरेको आरोप लगाएका थिए । तर यसको पुष्टि कसैले गरेन ।

वेश्यासँग सम्बन्ध इतिहासकार एवं हिटलरका जीवनी लेखक इयान केर्शका अनुसार हिटलरले धेरै यौनकर्मीसँग शारीरिक सम्बन्ध राखेको थियो । त्यसका अलावा ऊ अत्यन्तै सानी बच्चीहरूसँग पनि सेक्स गर्न चाहन्थ्यो । उनीहरूलाई पूर्ण नियन्त्रणमा राख्न सजिलो हुने उसको विश्वास थियो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads