Loading...
मन्त्रिपरिषद् बैठकः निर्वाचन क्षेत्र निर्धारण आयोग गठन

काठमाडौं, ५ साउन । सरकारले पूर्वन्यायाधीश कमलनारायण दासको अध्यक्षतामा निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ ।
बिहीबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले दासको अध्यक्षतामा आयोग गठन गरेको सरकार प्रवक्ता एवं अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार आयोगको सदस्यमा माधव अधिकारी, विश्वकल्याण पराजुली, गणेशराज कार्कीलाई राखिएको छ । सदस्य सचिवमा योगेन्द्र शर्मा पौडेल छन् ।
आयोगलाई २१ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads