Loading...
घोडा पालेदेखि उनको जीन्दगीमा आम्दानी र खुसि दुवै छाएको छ रामेश्वरको


नगरकोट, १४ साउन–केही वर्ष अघिसम्म आरन चलाएर जिविकोपार्जन गदै आएका रामेश्वर बिक अहिले दुई ओटा घोडाका मालिक छन् । आरन चलाएर कहिल्यै पेटभरी खान नपुगेपछि रामेश्वरले पेशा बदल्ने निर्णय गरे– घोडा पाल्ने । अहिले घोडा पालेदेखि उनको जीन्दगीमा आम्दानी र खुसि दुवै छाएको छ । 

‘आरन चलाउदा कहिल्यै पेटभरी खान पुगेन तर घोडाले मेरो जीवन नै वदलिदीयो’ रामेश्वरले ‘सोखका लागि घोडा पालेको थिए त्यहि घोडा अहिले मेरो गतिलो आम्दानि वन्यो ।’ घोडामा बसेर फोटो खिच्ने र घोडचडी गर्नेहरुवाट दैनिक तीन हजारदेखि दस हजारसम्म कमाई हुने गरेको उनी वताउँछन् । 

काठमाडौं शहरबाट नगरकोटमा आउने आन्तरिक तथा वाह्य पर्यटहरु उनको घोडा नचडि सितिमिती फर्कदैनन् । पर्यटकको सिजनमा घोडा चढ्नको लागि पालो कुर्नुपर्नेगरी भीड लाग्ने उनी सुनाउछन् । 

२०३२ सालमा जन्मिएका बिकले जीवनमा धेरै दुख गरे । विभिन्न काम गरे । कामवाट कहिलै सन्तुष्ट भएनन् । तर अहिले दुइवटा घोडाले उनलाई मात्र नभई उनको परिवारमा समेत खुसि ल्याईदिएको छ । 

विहान खाना खाएर घोडा लिएर नगरकोट टावरसम्म घोडा लैजाने उनको दैनिकी बनेको छ । उनको घोडामा चडेर फोटो खिच्नेको त लाईनै हुने गरेको छ । 

नगरकोटमा संञ्चालित ठुलादेखि साना होटलले पनि उनलाई काम दिने गरेका छन् । विदेसीले घोडा अर्डर गरे भने उनको कमाई धेरै हुने गरेको उनी बताउँछन् । ‘कोही कोहीले त दिनको १० हजार सम पनि दिन्छन्’ उनले हास्दै भने । काम नभएको दिनमा पनि फोटो खिच्नेहरुले ५० रुपैया सम्म दिन्छन् । त्यसोगर्दा पनि दुई चार हजार हात पर्छ उनले भने । 

दैनिक सयौँको सङ्ख्यामा आउने आन्तरिक वाह्य पर्यटकलाइ घोडा चढ्न पाउनु नगरकोट यात्राको अर्को अविष्मरणीय पक्ष बनेको छ । 

सरल र मिजासिलो स्वभावका रामेश्वर महिनामा ३०/४० हजारको लागि विदेसिनु नपर्ने बताउँछन् । ‘काम गर्न जाने यही डाँडामै बसेर कमाउन सकिने रहेछ’ उनले भने । घोडाको आम्दानीबाटै ६ जनाको परिवार पालेका उनले छोराछोरीलाई वोड्ङि स्कुलमा पढाई रहेको बताउँछन् । 

‘घोडाले मेरो सम्वन्ध वढाई रहेको छ । चिन्दै नचिनेको मान्छे एकै छिनमा साथी बन्छन’ उनले भने, ‘नेपाली बोल्न नजान्ने बिदेसी पनि नमस्कार गदै हात मिलाउदै जान्छ केहिले त उत्तिकै पैसा सहयोग गरेर जान्छ’ उनि खुसि हुदै भने । 

रामेश्वरले आफ्नो व्यबसायको दायरा फराकिलो बनाउने सोच बनाएका छन् । ‘अरु केही घोडा थप्छु अनि सबै होटलहरुसँग सम्पर्क बढाउछु । पर्यटकहरु घोडा चढ्न पनि नगरकोट आउने बनाउछु ।’

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads