Loading...
भरपुरत मुद्दाको सुनुवाई आज, आदेश आउने सम्भावना


काठमाडौं, १५ साउन – चितवनको भरतपुर महानगरपालिकामा फेरि निर्वाचन गराउने कि नगराउने भन्ने विषयमा आज पनि सर्वोच्च अदालतमा बहस हुँदैछ । मतपत्र च्यातिएपछि निर्वाचन अयोगले भरतपुरको १९ नम्बर वडामा फेरि निर्वाचन गराउने निर्णय गरेको थियो ।

आयोगको निर्णय चित्त नबुझेपछि नेकपा एमालेका वडा सदस्य गुञ्जमान विक सर्वोच्च अदालत गएका थिए । सोहि विषयमा फेरि निर्वाचन गराउने कि मतगणना नै कायम राख्ने भन्ने बहस भइरहेको छ । 

एमालेले फेरि निर्वाचन गर्न नहुने बताएको छ । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कि छोरी रेणु दाहाल र एमालेका देवी ज्ञवाली मेयर पदमा प्रतिस्पर्धामा छन् ।

पुरुषोत्तम भण्डारी र ओमप्रकाश मिश्रको इजलासमा आज पनि सुनुवाई हुँदैछ । आज उक्त मुद्दाको आदेश आउन सक्ने अपेक्षा गरिएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads