Loading...
मुलुकको आर्थिक क्षेत्रको विकास गुणात्मक रुपमा अघि बढ्ने


काठमााडौं– अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको आर्थिक क्षेत्रको विकास गुणात्मक रुपमा अघि बढ्ने दावी गरेका छन् । अर्थमन्त्री कार्कीले कृषि उत्पादनमा भएको वृद्धि, विद्युत आपूर्तिमा भएको सुधार र सेवा क्षेत्रमा भएको विस्तारको कारण चालू आर्थिक वर्षको वृद्धिदर झनै बढेर जाने बताए । 

व्यवस्थापिका संसदमा आर्थिक वर्ष २०७४÷०७५ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उनले स्थानीय तहलाई अधिकार सम्पन्न गराउनु बजेटको मुख्य प्राथमिकता रहेको पनि उल्लेख गरे । 

मन्त्री कार्कीले प्रदेश सभाको निर्वाचन र प्रतिनिधि सभाको निर्वाचनलाई पनि सरकारले उच्च प्राथमिकता दिएको उल्लेख गरे । उनले विद्युत आपूर्तिमा सुधार हुँदा औद्योगिक क्षेत्रको ११ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरिएको पनि बताए । सरकारले आगामी आर्थिक वर्ष भित्र कृषि क्षेत्रको उत्पादनमा ५ दशमलव ३ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ ।

सरकारले बजेटमार्फत विकास, निर्माणको कामलाई तीव्रता दिने, भूकम्पपछिको पुनर्निर्माणको कामलाई प्रभावकारी बनाउने र वित्तिय क्षेत्रको दीगो विकास गर्ने लक्ष्य निर्धारण गरेको छ । मन्त्री कार्कीले संघीयताको कार्यान्यवनलाई बजेटले उच्च प्राथमिकता दिएको स्पष्ट पारे । उनले मुलुकको आर्थिक स्थायित्व, वित्तिय अनुशासन र सार्वजनिक वित्तको यथाचित व्यवस्था हुने पनि बताए । 

मन्त्री कार्कीले बजेटको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवाला निकायसँग आवश्यक परामर्श गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads