Loading...
ओलीले लगाए कांग्रेसमाथि गम्भीर आरोप

Click to Load Image
विराटनगर–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले राजपालाई मोहरा बनाएको आरोप लगाएका छन् । 
नेपाली कांगे्रसले नै राजपालाई निर्वाचनमा आउन नदिएको दाबी गर्दै उनले दुई नम्बर प्रदेशको निर्वाचनको मिति सार्न कांग्रेसले राजपालाई मोहरा बनाएको आरोप लगाए । 
विराटनगर विमानस्थलमा शनिबार संचारकर्मीसंग कुरा गर्दे अध्यक्ष ओलीले राजपालाई देखाएर कांग्रेसले आफ्ना लागि दुई नम्बर प्रदेशको मिति आश्विनमा सारेको गम्भीर आरोप लगाए । 
अध्यक्ष ओलीलले जनताका लागि नभई साना समुह वा गुटका लागि र राष्ट्रिय उद्देश्य बाहेकका कसैको स्वार्थका लागि गरिने संविधान संसोधनमा एमाले नझुक्ने उद्घोष गरे । संविधान संसोधन प्रस्ताव अघि बढाउने विषय कुनै पनि अवस्थामा ठिक नभएको भन्दै उनले क्षणिक र तात्कालिक सत्ता स्वार्थमा उत्ताउलो नहुन सत्तारुढ दललाई सुझाव समेत दिए । 
अध्यक्ष ओलीले  सरकार  प्रदेश र केन्द्रको निर्वाचन गराउने पक्षमा नभएको जिकिर गरे । 
 संविधान कार्यान्वयनको लागि रुपान्तरित संसद राखिएको भन्दै उनले असंबैधानिक ढंगले चल्ने अधिकार सरकारलाई पनि नभएको बताए । 
अध्यक्ष ओली झापामा आयोजित विजयसभालाई सम्बोधन गर्न शनिबार त्यसतर्फ गएका हुन् । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads