Loading...
दम्पती झुण्डिएको अवस्थामा फेला


बनेपा । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ स्थित बडालगाउँमा बिहीबार एक दम्पती झुण्डिएको अवस्थामा फेला परेका छन् ।
३२ वर्षिय भैरब भनिने सोमप्रसाद बडाल र उनकी कान्छी श्रीमती १८ वर्षीया मनिषा दाहाल घरबाट ५०० मिटर टाढाको एउटा रूखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए ।
घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दाहालसँग बडालको केही महिनाअघि मात्रै विवाह भएको थियो भने उनकी जेठी श्रीमती पनि थिइन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads