Loading...
रुस, उत्तर कोरिया र इरानमाथि प्रतिवन्ध लगाउने प्रस्ताव अमेरिकी सदनबाट पारित


काठमाडौं, १३ साउन– अमेरिकी माथिल्लो सदन सिनेटले रुस, इरान र उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने प्रस्तावलाई भारी मतले पारित गरेको छ । 

राष्ट्रपति डोनाल्ड ट्रम्पको असहमतिबीच सिनेटले प्रतिबन्ध सम्बन्धी प्रस्ताव पारित गरेको हो ।

रिपब्लिकन र डेमोक्रेट दुवै पक्षको समर्थन रहेको प्रस्तावको पक्षमा ९८ मत परेको छ । विपक्षमा भने २ मत मात्र आएको छ । यसअघि अमेरिकी तल्लो सदनले पनि उक्त विधेयक भारी मतले पारित गरेको थियो । 

दुवै सदनबाट पारित भएको यो विधेयक राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेपछि कानुन बन्ने छ । 

रुससँगको सम्बन्ध सुधार गर्नुपर्ने पक्षमा रहेका राष्ट्रपति ट्रम्पलाई भने सदनबाट यो विधेयक पारित भएपछि समस्या भएको छ । 

यद्यपि, राष्ट्रपति ट्रम्पलाई विधेयकको विपक्षमा भिटो प्रयोग गर्ने अधिकार भने छ । तर राष्ट्रपतिले लगाउने भिटो संसद्को दुई तिहाई मतबाट उल्ट्याउने व्यवस्था छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads