Loading...
भुँइमा बसेर पढ्न बाध्य विद्यार्थीको लागि बेन्च ब्यबस्था गर्न,सहयोगको अपील गर्दै : अाशिष परियार "झिल्के"



इरुप्सेडट्कम
२६ , असार २०७४-२१औ शताब्दिमा संसारका धेरै देशहरूले प्रगति गरेका छन् । कतिपय देशले प्रगति गर्ने तयारीमा छन्,एकातिर विकसित चिन, अर्को तर्फ बिकास हुँदै गरेको भारत बिचमा रहेको दुनियाँमा एक यस्तो देश छ, जहाँ कलिला बालबालिकाहरु शिक्षाको लागि जातीयताको मार खेप्नुपरेको छ । पर्सा जिल्ला महुवन ७ को स्थानिय दलित प्राथमिक बिद्यालयमा सरकार अनि स्थानिय निकाय को बेवास्ता ले गर्दा २१ औं शताब्दीमामा पनि त्यहाँ का विद्यार्थीहरु चिसो भुइमा बसेर पढ्न बाध्य छन। दलित समुदायमा जातिय छुवाछूत , गरिबी र अशिक्षाले गर्दा यहाँको अवस्था दयनीय छ, बारम्बार हामीले शिक्षा कार्यलय र सराेकावालालाई जानकारी गराएका थियौं तर सुनुवाइ भएन त्यसैले याे अबस्था भएकाे शिक्षक मनाेज राम बताउनु हुन्छ । स्कुलमा २१० जना विद्यार्थी मध्य ७ जना गैर दलित छन । १ स्थाइ , १ पाले , १ बालबिकास र ३ राहत शिक्षक रहेको बिधालय अन्य स्कुलका सरकारी विद्यार्थीले जति सुबिधा पाएका छन्,त्यो सुबिधा त्यहाँका विद्यार्थीले पाएका छैनन् ।

हिउँदको चिसो महिना होस् वा गर्मी ,बर्खाको झरी दलित प्राथमिक बिद्यालयका विद्यार्थीले बिना बेन्च भुइँमा बसेर बोरालाई बेन्च सम्झी पढ्न बाध्य छन् । सामाजिक संजालमा बिद्यालयको बारेमा समाचार आए पछि दलित अधिकारकर्मिहरुले विद्यार्थीहरुको लागि बेन्च बनाउन आर्थिक अभियान संचालन गरेका छन् । यस अभियानमा म्याग्दीको बेनी नगरपालिका–१ अर्जमका एक युवाले बेन्च बनाउनको लागि सहयोग जुताउने अभियानमा लागेका छन । हाल रोजगारिको शिलसिलामा मलेसियामा रहनुभएका आशिष परियार झिल्केले काम बाट बचेको समयलाई सामाजिक संजालको माध्यम बाट आर्थिक अभावका कारण भुइँमा बस्न बाध्य भएका विद्यार्थीको लागि बेन्च बनाउन सामाजिक सञ्जाल फेसबुकमार्फत आर्थिक संकलन अभियान सञ्चालन गर्ने गरेका छन्। ‘एकदिन पनि विदा हुदैन्, सुत्ने समयमा साथीहरुलाई फेसबुकबाट आर्थिक सहयोग जुटाएर सहयोग गर्ने गरेको छु’ अहिले सम्म मैले एक्लै ७० हजार ५ सय ५७ संकलन गरेको छु, नेपालमा पनि आर्थिक संकलन अभियान जारि रहेको परियारले इरुप्सेलाई बताए ।


तत्काल बेन्चकाे ब्यबस्था गर्न,अार्थिक अभियान जारी छ । यस अभियानमा जति सक्नु हुन्छ,सहयोग गर्दिनु पनि परियारले अपील गर्नु भयो । खातामा जम्मा भएको रकमले बेन्च दिने अभियान मार्फत २१० विद्यार्थीका लागि ५४ सेट बेन्च रु २,६४,६०० मा बन्ने भएको छ, अहिले बेन्च बनाउन ३१,१२०- रुपैयाँ पेक्सी दिएको जानकारी गराउनु भयो ।


फेसबुकबाटै म लगायत अन्य अभियानकर्मिले करिब १ लाख सहयोग जुटाउन सफल भएका छौ, बाकिँ जुटाउने क्रममा छौ । अझै ठप पैसाको अाबश्यकता परेकाे हुदा सम्पूर्ण सहयोगीहरुमा सहयोग अपेक्षा राख्दछाै ।


दलित प्रा. वि. लाई मर्मत झ्याल, ढाेका , छाना प्लास्टर गर्न, जनतासँग सिधा प्रश्न सञ्चालक रबि लामिछानेकाे कार्यक्रमबाट अमेरिकामा बस्ने कुमार थापाले ३ लाख ५० हजार दिने घाेषण गर्नु भएको छ । तत्काल बेन्चकाे ब्यबस्था पछि अन्य सुबिधा र कर्तव्यकाे लागि नेपाल सरकारलाई दबाद दिन सबैलाई अपिल गर्नु भयो ।

सहयोगको लागि जानकारी
१,छक्कु उदासी - जापान
२, रोजन भुसाल - कुबेत
३,अाशिष परियार ( झिल्के ) - मलेसिया
४,दलित अधिकारकर्मी सरु सुनार -नेपाल
५ शिक्षक मनोज राम -नेपाल ९८१७२२९८१७
६,प्र.अ.- दधिराम परियार - नेपाल नवलपरासी
७, प्र.अ. जादु शाह तेली ९८१४२०७२२७ पर्सा
राष्ट्रीय वाणिज्य बैंक, श्रीपुर ,वीरगंज ,पर्सा
खानावाताकाे नाम - दलित जागरण समिति, महुवन पर्सा खाता नं - 133000402601 सहयोग गर्न सक्नुहुनेछ ।














0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads