Loading...
फिफा वरियतामा नेपाल एक स्थान तल



फिफा वरियतामा नेपाल एक स्थान तल झरेको छ ।
फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १ सय ७० औँ स्थानमा पुगेको छ । ब्राजिललाई पछि पार्दै जर्मनी पहिलो स्थानमा पुगेको छ ।
गएको आइतबार सम्पन्न कन्फेडेरेसन कपको उपाधि जितेको विश्व विजेता जर्मनी ब्राजिललाई पछि पार्दै विश्व वरियताको शीर्ष स्थानमा पुगेको हो । जर्मनी दुई स्थान सुधार गर्दै २ वर्षपछि शीर्ष स्थानमा पुगेको हो ।
दक्षिण एसियामा भारत शीर्ष स्थानमा कायमै छ । ४ स्थान माथि चढेर भारत ९६ औं स्थानमा पुगेको छ । दक्षिण एसियामा भारतसँगै माल्दिभ्स र भुटान नेपाल भन्दा अगाडी छन् ।
बंगलादेश, श्रीलंका र पाकिस्तान नेपालभन्दा पछि छन् । १४ स्थान सुधार गरेको माल्दिभ्स १ सय ४२ तथा २ स्थान सुधार गर्दै भुटान १ सय ६४ औं स्थानमा उक्लेको छ ।
बंगलादेश १ सय ९० औं, श्रीलंका १ सय ९७ औं, पाकिस्तान २ सयौँ स्थानमा छ । कन्फेडेरेसन कपको सेमिफाइनल पुगेको पोर्चुगल ४ स्थान सुधार गर्दै चौथो स्थानमा उक्लेको छ । ४ स्थान नै सुधार गरेका स्वीट्जरल्याण्ड र पोल्याण्ड पाँचौ र छैटौँ स्थानमा छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads