Loading...
३२ प्रतिशत युवाको रोजाइ कतार

काठमाडौं, ७ साउन - देशमै पर्याप्त रोजगारीको अवसर नहुँदा वैदेशिक रोजगारीका लागि पलाएन हुने युवाको संख्या बढ्दो छ । वैदेशिक रोजगारीमा जाने युवामध्ये ३२ प्रतिशतको रोजाइ कतार भएको छ ।qatar
आर्थिक वर्ष २०७३/७४ मा मात्रै दुई लाख पाँच हजारभन्दा बढी युवा वैदेशिक रोजगारीका लागि कतार पुगेको वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयले जनाएको छ । गत आवमा वैदेशिक रोजगारीका लागि बिदेसिएका युवाको संख्या भने ६ लाख ४० हजार ६ सय ४२ छ ।
कतार जाने युवाको संख्या दुई लाख पाँच हजार सात सय ५६ रहेको छ । आर्थिक वर्ष २०७२/७३ मा कतार जानेको संख्या करिब साढे एक लाख हाराहारी थियो । सरकारले २०७२ असारदेखि लागू गरेको फ्री भिसा तथा टिकटको निर्णयसँगै ओरालो लागेको वैदेशिक रोजगारीको क्षेत्रसमेत लयमा फर्केको हो , अन्नपूर्ण पोस्टमा खबर छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads