Loading...
संविधान संशोधनको छिनोफानो ? संसदमा यसै साता प्रस्ताव

Click to Load Image
काठमाडौं - सत्तारुढ काग्रेस–माओवादी केन्द्रले विचाराधिन संविधान संसोधन प्रस्ताव संसदमा यसै साता निणयार्थ प्रस्तुत गर्ने तयारी गरेका छन् ।

संविधान संशोधनमा सहमत दलस“ग एकचरण छलफल गरी असारको अन्तिम साता नै संसदमा प्रस्ताव निणयार्थ प्रस्तुत गर्न काग्रेस–माओवादी सहमत भएका छन् ।

प्रधानमन्त्री शेरवहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुई तीन दिन भित्रै संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्न सहमत देखिनु भएको छलफलमा सहभागी काग्रेस नेता वालकृष्ण खाँणले जानकारी दिनुभयो, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ । 

‘संविधान संशोधन प्रस्तावलाई अव संसदमा कसरी निर्णयार्थ प्रस्तुत गर्ने भन्ने विषयमा केन्द्रीत रहेर प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष वीच छलफल भयो,’ काग्रेस नेता खाँणले अन्नपूर्ण सँग भन्नुभयो, ‘पहिला संशोधनमा सहमत दलसँग पूनः एकचरण छलफल गर्ने र तत्कालै संसदमा प्रस्ताव निर्णयार्थ प्रस्ुतत गर्ने तयारीमा सत्तारुढ दल छ ।’

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads