Loading...
चीन–भारत युद्ध टर्यो

Click to Load Image
काठमाडौँ । भारत–चीन–भुटानको त्रिदेशीय विन्दू डोकलाममा दुई महिनादेखि चल्दै आएको तनाव समाधानतर्फ अग्रसर बनेको छ । 
डोकलामलाई लिएर ‘नो वार, नो पिस’ (न युद्ध न शान्ति) को स्थितिमा भारत र चीन रहेको बेला सोमबार भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै तनाव रहेको क्षेत्रबाट आफ्नो सेना ‘असंलग्न’ गर्ने प्रक्रिया शुरु भएको जनाएको छ ।
भारतीय विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै भनेको छ, ‘गत हप्तादेखि डोकलामको विषयमा भारत र चीनले कूटनीतिक कुराकानी जारी राखेका छन् । यो कुराकानीमा हामीले एक अर्काको चिन्ता र हितमा कुरा गर्यौं । यो आधारमा डोकलाममा जारी विवादको विषयमा हामीले सीमामा सेना असंलग्न गर्ने निर्णय गरेका छौं र यसमा कारवाही पनि सुरु भएको छ ।’

ब्रिक्स सम्मेलनका लागि भारतीय प्रधानमन्त्री चीनको यात्रामा जानअघि भारतले यस्तो निर्णय लिएको हो । यसअघि मोदीले यो सम्मेलन नै बहिस्कार गर्नेसम्मको कुरा बाहिर आएको थियो । ब्रिक्सका दुई महत्वपूर्ण सदस्य देश तनावमुक्त स्थितीमा सँगै बस्नु र सहजतापूर्वक कुराकानी गर्नु सम्मेलनका लागि निकै महत्वपूर्ण थियो ।   अमेरिका र पश्चिमा देशहरुको अन्य फोरमको हाराहारीमा यसलाई उभ्याउन चीनले पनि यसलाई निकै महत्व दिने गरेको थियो । विभिन्न कारणहरु मध्ये दुवै देशले यो फोरमलाई महत्व दिनु पनि अहिलेको यो समझदारीको एक कारण हुनसक्ने जानकारहरु बताउँछन् ।
चीनले जबसम्म भारतले डोकलामबाट आफ्नो सेना हटाउँदैन त्यतिबेलासम्म छलफल वा वार्ताको माहोल बन्न नसक्ने अल्टिमेटम दिँदै आएको थियो ।
यसअघि जी २० मिटिङका दौरान ‘उपयुक्त वातावरण नभएको भन्दै चिनियाँ राष्ट्रपति सि जिनपिङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको बैठक रद्द रहेको थियो । यद्यपि, दुई नेताबीच छोटो साइडलाइन छलफल भने भएको थियो ।
यो समझदारीपछि भने डोकलामको विषयमा भारत र चीनबिच पछिल्लो दुई महिनामा जुन तनावको स्थिती बनेको थियो त्यो अब कम हुनेछ र एक नयाँ अध्याय सुरु हुने उनीहरुको विश्वास छ ।
जे भएपनि दुई ठूला हात्ती जुध्दा बगैँचा मडारिने हो भन्ने नेपालको चिन्ता पनि हटेको छ । डोकलाम विवाद जारी रहँदा दुवै पक्षले नेपाललाई आफ्नो पक्षमा पार्न कुटनीतिक लबिङ गरे पनि नेपालले तटस्थ नीति अपनाउँदै आइरहेको थियो ।
को पछि हट्यो ?
यति लामो समयसम्म दुवै देशले डोकलामको विषयमा आ–आफ्नो अडान कायम राखेका थिए । दुवैले आ–आफ्नो पक्षमा कुटनीतिक लबिङसमेत शुरु गरेका थिए । तर, एकाएक यस्तो समझदारी भएको बाहिर आएपछि चीन र भारत दुवै पक्षले यसको आ–आफ्नै पक्षमा व्याख्या गरिरहेका छन् ।
भारतीय मिडिया यसलाई मोदीको कुटनीतिक मास्टरस्ट्रोक बताउँदै भारतका कारण चीन पछि हट्न बाध्य भएको बताउँदैछ । 
उता, चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले भने चिनियाँ सेनाले विवादीत क्षेत्रको अवलोकनपछि डोक्लामबाट भारतीय सेनाहरु पछि हटेको पुष्टि गरेको बताएकी छिन् । उनका अनुसार स्थानीय समयअनुसार २ बजेर ३० मिनेट जाँदा चिनियाँ सेनाले अवलोकन गर्दा भारतीय सेनाहरु पछि हटेको पाइएको बताइन् ।
उनको अभिव्यक्तिमा चिनियाँ सेनापछि हटेको कुरा उल्ल्ेख छैन । बरु, भारतलाई ऐतिहासीक सीमा, सन्धी र अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न नसिहत दिएको छ । पत्रकार सम्मेलनमा उनले भारत चीनको सीमामा घुसपैठ गरेपछि चीनले कुटनीतिक च्यानलबाट कुरा राखेको बताउँदै यसबीच् चिनियाँ सेनाले आफ्नो सीमा र सार्वभौमिकताको रक्षा गर्न प्रभावशाली कदम चालेको उल्लेख गरेको सिन्हवाले जनाएको छ ।
सन् १९८० मा सिक्किम र तिब्बतबारे बेलायत र चीनबीच भएको सम्झौता अनुसार डोकलाम चीनको भूमि भएको उसको दाबी छ ।
यता, भारतीय विज्ञहरु पनि भारत ‘पछि नहटेको’ बरु ‘तनावबाट असंलग्न’ भएको तर्क प्रस्तुत गर्छन् । विज्ञप्तिमा ‘विथ्ड्रवल’ शब्दको साटो ‘डिसइन्गेजमेन्ट’ शब्द प्रयोग भएको भन्दै भारतीय पक्षमात्र नभएर दुवै पक्ष तनाव गर्न सहमत भएको दाबी गर्छन् । चीनको पछिल्लो अभिव्यक्तिबाट भारतीय जानकारहरुले पनि सहमति प्रति आशंका व्यक्त गरेका छन् । भारतको सेना मात्र पछि हटेको हो या चीनको सेनापछि पछि हटेको हो भन्ने विषयमा भारतीय विदेश मन्त्रालयले स्पष्ट पानुपर्ने उनीहरुको धारणा रहेको छ ।
तर, यस सहमतिबारे अझै केही भन्न सक्ने अवस्था छैन । किनभने पानी अझै धमिलो भएको छ, यो सफा हुन अझै समय लाग्नेछ । कुन–कुन विषयमा समझदारी भएर सेना पछि हट्ने निर्णय लिइयो भन्ने अझै खुलेको छैन ।
जे भएपनि दुई ठूला हात्ती जुध्दा बगैँचा मडारिने हो भन्ने नेपालको चिन्ता पनि हटेको छ । डोकलाम विवाद जारी रहँदा दुवै पक्षले नेपाललाई आफ्नो पक्षमा पार्न कुटनीतिक लबिङ गरे पनि नेपालले तटस्थ नीति अपनाउँदै आइरहेको थियो ।
डोकलाम तनावको टाइमलाइन
Click to Load Image

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads