Loading...
प्रधानमन्त्री देउवा र गृहमन्त्री शर्मा बाढी प्रभावित क्षेत्रमा

काठमाडौं, ३० साउन । प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री जनार्दन शर्मा मध्य तथा पूर्वी बाढी प्रभावित क्षेत्रको निरीक्षणमा गएका छन् ।
राहतका सामाग्रीसहित प्रधानमन्त्री देउवाको नेतृत्वमा उच्चस्तरीय सरकारी टोली नेपाली सेनाको हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुगेको हो । यहाँ पुगेर सरकारी टोलीले उद्धार कार्यको प्रभावकारिता निरीक्षण गर्दै थप अल्पकालिन तथा दीर्घकालिन योजना बनाउने योजना रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
यसअघि आइतबार बेलुकी बसेको आकस्मिक मन्त्रीपरिषद बैठकले मृत्यु हुने प्रत्येक व्यक्ति २ लाख राहत स्वरुप वितरण गर्ने निर्णय गरिसकेको छ । साथै, बैठकले सबै मन्त्रीहरुको एक महिनाको तलब प्रधानमन्त्री राहत कोषमा जम्मा गराई बाढी प्रभावित क्षेत्रका जनतालाई सहयोग गर्ने निर्णय पनि गरेको छ ।
यसैबीच गृहन्त्रालयले जिल्लामा कार्यरत सरकारी कर्मचारीहरुको विदा वा काज स्वीकृत नगर्ने र मनसुन अवधीभर जिल्ला नछोडन सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन गरिएको छ ।
विपद व्यवस्थापनको दोस्रो चरण अनुरुप आज थप खाद्दान्न र राहत बाढी प्रभावित क्षेत्रमा वितरण गर्ने बताइएको छ । जस अनुरुप स्थानिय स्तरमा ड्रायफुड वितरणमा निरन्तरता दिने र उद्धार कार्य तिव्रताका साथ जारी राख्ने रहेको छ ।
सोही अनुरुप ३ हजार केजी खाधान्न तथा ड्राइफुड र पानी लिएर चितवनबाट हेटौडा हुँदै नेपाली सेनाको हेली रौतहटको गौर र गरुडामा जाने छ । साथै निजी प्रयासमा पनि मेश सञ्चालन गरी खाना खुवाउने गरेको खबर प्राप्त भएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads