Loading...
नेपाल सुनचाँदी ब्यवसयाी महासंघको केन्द्रिय सदस्यमा म्याग्दीका रामकृष्ण बराईली मनोनित

नेपाल सुनचाँदी ब्यवसयाी महासंघको केन्द्रिय सदस्यमा म्याग्दीका रामकृष्ण बराईली मनोनित गरिएको छ । महासंघको दोस्रो महाधिवेशन सम्पन्न भएको करिव दश महिनापछि विधान संसोधन गरी अध्यक्ष मोहन कुमार सुनारको अध्यक्षतामा बसेको छैठौं पूर्ण बैठकबाट कार्यसमिति विस्तार गरिएको थियो। महासंघमा पर्वतका निर्मल विश्वकर्मा उपाध्यक्षमा मनोनित भएका छन् ।
करिव ३० दशक अगाडी देखी सुनचाँदी ब्यवसायमा सक्रिय रहेका बराईली केन्द्रिय सदस्यमा मनोनित हुने धौलागिरि अञ्चलबाट एकजना मात्रै हुन भने म्याग्दी जिल्लाले पहिलोपटक महासंघमा प्रतिनिधित्व गर्ने अवसर पाएको छ ।‘महासंघका खुल्लाबाटै प्रतिस्पर्धा गर्ने तयारी गरेको थिए ।सबै साथीहरूले सहकार्यबाट अगाडी बढ्नुपर्न बताउनुभयो’ विश्वकर्माले बेनीअनलाइनलाई भने । उनले सुनचाँदी ब्यवसायमा देखिएको समस्यालाई समाधान गर्न महासघ एकजुट हु्नुपर्ने अवस्था रहेको बताए ।
‘सुन आपूर्तिमा धेरै समस्या छ ।अव जिल्लाको समस्यालाई महासंघमै पुर्याउन सहज भएको छ’ विश्वकर्माले थपे । उनले कालिगढको समस्या, सुनको दरभाउ हेरफेर,जिल्लामा रहेका बैंक तथा वित्तिय संस्था मार्फत समेत सहजै सुनको ब्यवस्था लगाएत विभिन्न समस्यालाई समाधान गर्नुपर्ने जिम्मेबारी रहेको बताए । उनले विदेशी कालिगढको कारण धेरै समस्या देखिएकाले नेपाली कालिगढलाई प्रोत्साहन गर्नुपर्नेमा समेत जोड दिए । म्याग्दीका सफल सुनचाँदी ब्यवसायीका रुपमा समेत चिनिने विश्वकर्मा स्थानीय तहको निर्वाचनमा बेनपा–८ बाट वडा अध्यक्षमा निर्वाचित भएका थिए भने दर्जनको हाराहारीमा समाजिक संघसंस्थामा समेत कार्यरत छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads