Loading...
अमेरिका र उत्तर कोरियाबीच तनाव चल्दा रुसको मिसाइल तयार

काठमाडौं, २७ साउन– उत्तर कोरियालाई लिएर जारी तनाबका बीच रुसले आफ्नो पहिलो मिसाइल रक्षा तन्त्रलाई उच्च सतर्कतामा राखेको छ । 

मिसाइल डिफेन्स सिस्टममा इन्टरकन्टिनेन्टल बेलास्टिक मिसाइल या अन्य बेलास्टिक मिसाइलको हमलाको बीचमा ध्वस्त गर्न सकिन्छ । 

रुसी संसदको माथिल्लो सदनको एक सदस्य विक्टर ओजेरावले वायुसेना तथा हवाई क्षेत्रको सुरक्षा बललाई लिएर तयारी गरिएको छ । 

उनले भने,‘उत्तर कोरियाका विषयमा जे भइरहेको छ त्यस माथि ध्यान दिइरहेको छ र लञ्चको सम्भावित क्षेत्रमा हाम्रो विशेष ध्यान मा छ ।’

उत्तर कोरियाले बुधबार प्रशान्त महासागरमा अमेरिकी द्वीप गुआम माथि हमलाको धम्की दिएको थियो । पछिल्लो दुई दिनमा दुई देशका बीच निकै तनाव बढेको छ । 

दुई देशबाट उक्साउने खालनको बयान आएको छ । 

यस बीचमा रुसको सरकारी समाचार संस्था आरआईए नोवोस्तीले विक्टर ओजेरावको हवाला दिँदै लेखेको छ कि रुसको सुदूर पूर्वी इलाकामा फर इस्टमा हवाई एलेर्ट घोषणा गरिएको छ । 

तर यो पूरै प्रकरणमा रुसले अमेरिका, उत्तर कोरियामाथि हमला नगर्ने बताएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads