Loading...
विश्वकर्मा समुदायमा रहेको समस्या र बिकासको पहिचान गरि अगाडि बढनु नै भावको उद्देश्य हो



 कृष्ण गहतराज
 
विश्वभर छरिएर रहेका विश्वकर्माले विश्वकर्मालाई केहि गरौं,भन्ने उद्देश्यले संचालन भएको विश्वकर्मा हेल्पिङ ह्याण्डस् अराउण्ड वल्र्ड नामक संस्था मार्फत नेपालमा रहेका अत्यन्तै गरिबिको रेखामुनि रहेर अभावको जिन्दगी जिउन बाध्य भएका परिवारलाई सहयोग गर्ने, गरि आफैले  २०७२ मा संस्थाको स्थापन गरेको हो भाव विश्वभर रहनु भएका विश्वकर्माहरु माझ विश्वकर्माले विश्वकर्मालाई सहयोग गरौं भन्ने मुल नाराको साथ अगाडि बढेको

 
अहिलेसम्म यहाँहरुको साथ अमुल्य सहयोग रहेको आउँदा दिनमा पनि रहने अपेक्षा गर्दै, आउँदा दिनमा प्रत्येक्ष रुपमा तपाईहरु संगै हातेमालो गर्दै, संस्था विश्वकर्मा समुदायलाई अगाडि बढाउने लक्ष्यमा छु नेपाल लगाएत विभिन्न देशमा स्थापना भएको विश्वकर्मा समाजलाई एकताको मालामा जोडनु , एकता नै समाज परिवर्तनको बलियो आधार हो, त्यसैले अब विश्वकर्माले विश्वकर्मालाई भन्ने नारा संगै विश्वकर्मा समुदायमा रहेको सानो,सानो समस्या बिकासको पहिचान गरि अगाडि बढनु नै विश्वकर्मा समुदाय आजको आवश्यकता विश्वकर्मा हेल्पिङ ह्याण्डस् अराउण्ड वल्र्ड भावका अध्यक्ष कृष्ण गहतराजसँग इरुप्से ड्ट्कमका लागि पूर्ण विक (पहाडीले) गरेको कुराकानी

 
नेपालको १६ लाख विश्वकर्मा समुदाय पनि विभेदमा परेका छन यसलाई कसरी मुल्यांकन गरिरहनु भएको ?

कसैले हामीलाई विभेद गर्छ भने त्यो किन गरिएको , भन्ने कुरा बुझ्न् जरुरी पहिले हामीभित्रका कमीकमजोरी पत्ता लगाई त्यसलाई सुधार्न पर्छ नेपाल सरकारले विभेद विरुद्ध कानुन निर्माण गरेको तर, त्यसलाई हामीले व्यवहारमा लागू गराउन सकिरहेको छैनौं यो दु:खद कुरा हो हामीले जति सक्दो कानुनलाई कार्यान्वयन गराउन सक्नु पर्छ हाम्रो समुदायलाई यस बारेमा जनचेतनाको कमि भने जनचेतना जगाउन हाम्रो प्रयास उच्च रहने

 
विश्वकर्मा समुदायको संरक्षणका लागि के के गरिरहनु भएको ?

 
अहिले विश्वकर्मा हेल्पिङ ह्याण्डस् अराउण्ड वल्र्ड भाव को स्थापना गरेर विश्वकर्माको हक अधिकार संरक्षणका लागि काम गर्न थालेको छु अत्यन्तै गरिबिको रेखामुनि रहेर अभावको जिन्दगी जिउन बाध्य भएका परिवारलाई सहयोग गर्ने, गरि आफैले २०७२ मा संस्थाको स्थापन गरेको हो भाव विश्वभर रहनु भएका विश्वकर्माहरु माझ विश्वकर्माले विश्वकर्मालाई सहयोग गरौं भन्ने मुल नाराको साथ अगाडि बढेको छौं
 
अहिलेसम्म यहाँहरुको साथ अमुल्य सहयोग रहेको , आउँदा दिनमा पनि रहने अपेक्षा गर्दै, आउँदा दिनमा प्रत्येक्ष रुपमा तपाईहरु संगै हातेमालो गर्दै, संस्था विश्वकर्मा समुदायलाई अगाडि बढाउने छु नेपाल लगाएत विभिन्न देशमा स्थापना भएको विश्वकर्मा समाजलाई एकताको मालामा जोडनु पर्छ, एकता नै समाज परिवर्तनको बलियो आधार हो त्यसैले अब विश्वकर्माले विश्वकर्मालाई भन्ने नारा संगै विश्वकर्मा समुदायमा रहेको समस्या बिकासको पहिचान गरि अगाडि बढनु नै विश्वकर्मा समुदाय आजको आवश्यकता विश्वकर्माको विभिन्न पेसा, समुदायको संस्कृतिलाई संरक्षण गर्नु हाम्रो प्राथमिकता भाव सदैव विश्वकर्मा समुदायको संरक्षण हितमा काम गर्ने संस्था हो

 
विश्वकर्मा समुदायका युवा पुस्ताले दलित शब्दप्रति नै नकारात्मक सोच राख्न थालेका छन् यसलाई तपाईले कसरी लिनुहुन्छ ?

 वास्तवमा दलित जात पनि होइन, समुदाय पनि होइन यो खाली पीडित भएको समुदायलाई सम्बोधन गरेको शब्द हो दलितको अर्थ हेपिएको, थिचिएको वा दबाइएको आर्थिक रुपमा पीडित भन्ने हुन्छ त्यसो हुँदा विश्वकर्मा, परियार, सार्की, गाइने, वादी, मुसहर मात्रै होइन, क्षेत्री बाहुन,मगर, गुरुङ पनि दलित हुन सक्छन् त्यस कारण अहिलेका पुस्ताले सधैँ आफुलाई दलित भन्न रुचाउँदैनन् भावले अहिले अभियान नै चलाउन सुरु गरेको , दलित शब्दको भारीलाई बोक्न छोडनु पर्छ,तर त्यो भन्दैमा अन्य पीडित समुदाय संग सहकार्य हुँदैन भन्ने चाहिँ होइन हाम्रो सदैब सहयोग सहकार्य रहने हाम्रो जाति संगठन भए पनि पीडित समुदायको हकहितमा काम गर्छ

 
पीडित जाति सबैलाई आफ्नो समुदायलाई एक बनाउन अनुरोध गर्दछु ता कि भोलिको दिनमा उद्देश्य प्राप्तिको लागि सयुक्त आन्दोलन गर्न सजिलो होस् अहिले जातको कुरा गर्ने हो भने हरेक जातले आफ्नो परिवारलाई समेटेर निकै अगाडि बढेका छन् त्यसकारण हामी पनि केहि गरौं भनी विश्वकर्मा समुदायका युवाहरुको दलित शब्द अन्य सोचलाई साकार पार्ने योजनामा लागेको छु

 
भावको उदेश्यहरु केके हुन् ?

 
यो संस्था गैर राजनीति गैर नाफा मुलक सहयोगी संस्था हो यस संस्थाले विश्वकर्माले, विश्वकर्मालाई भन्ने मुल नाराको साथ संसार भर छरिएर रहनु भएका विश्वकर्मा दाजुभाईलाई क्रमश आवद्ध गर्ने, योजना सहित विश्वकर्मा समुदाय भित्रका विपन्न परिवार, बालबालिका एकल महिला, शारीरिक मानसिक रुपमा अपांग ब्यक्तिलाई शिक्षा, स्वास्थ, आर्थिक, सहयोग स्वरोजगारको अवसर सिर्जना गर्ने मुख्य उद्देश्यको साथ भाव फाउन्डेसन को स्थापना गरिएको भावले तयार पारेको केही योजना बुदागत रुपमा राख्न चाहान्छु,
 
.नेपालमा रहेका बिश्वकर्मा लगाएत बिश्व भरी छरिएर रहेका बिश्वकर्माहरुलाई एकीकृत गर्न
 
.बिश्वकार्मा समुदायलाई शैक्षिकरुपले अगाडि बढाउन .बिश्वकर्मा समुदायलाई आर्थिकरुपले सम्पन्न गराउन
 
.सामाजिक रुपान्तरणमा महत्वपूर्ण भुमिका निर्बाह गर्न
 
.बिश्वकर्मा समुदाय भित्रको सुख दुखमा हातेमालो गर्दै अगाडी बढ्न
 
.समाजमा उदाहरणीय कार्य गर्दै जातिय बिभेदको अन्त्य गर्न
 
.बिश्वकर्मा समुदाय भित्र भएको सास्कृतिक पहिचानको सम्ररक्षण गर्दै पहिचानको बिकास गर्न
 
.बिश्वकर्मा समुदाय भित्र रहेको सीप कलाको बिकास गर्दै आधुनिकीकरण ब्याबसायिकरण गर्न
 
.बिश्वकर्मा समुदाय हुँदै राष्ट्रको बिकासमा सहयोग पुर्याउन
 
१०.समाजमा हुने गरेका जातिय बिभेदको विरुद्धमा एक भएर आवाज उठाउन
 
अन्य उद्देश्यको बारेमा हाम्रो वेबसाईटमा भिजिट गर्न सक्नुहुनेछ

 
भावको आगामी कार्यक्रमहरु के के छन ?

 
हाम्रो उद्देश्यको अनुसार शिक्षा अन्तरगत क्यान्सर बाट मृत्यु भएका सैबिर विश्वकर्माको बाल बच्चालाई शैक्षिक बिकासको लागि वर्षको लागि शैक्षिक सामाग्री सहयोग गर्ने तयारी हुदैछ यो कार्यक्रम देशभरी नै संचालन गने गरि हामी तयारी गर्दैछौं
 
त्यसका लागि नेपालमा खोलिएका विश्वकर्माका विभिन्न संघ संस्थाका जिम्मेवार व्यक्तिसँग पनि कुराकानी भइरहेको त्यस विषयमा उहाँहरु सकारात्मक हुुनुहुन्छ त्यसको अलावा जति पनि ठाउँहरु घुमे, जति साथीहरु भेटे धेरै कार्यक्रममा भाग लिने अवसर पाएँ सबैले हेर्ने दृष्टिकोण राम्रो पाएको छु
 
आगामी कार्यक्रम भनेको विश्वकर्मामा समुदायलाई एकीकृत गर्ने नै हो आउँदा दिनहरुमा देश तथा विदेशमा रहेर यो संस्थाको लागि काम गर्ने तयारीमा छु


 
विश्वकर्माले विश्वकर्मालाई किन भन्ने नारा अहिले सामाजिक संजालमा व्यापक भएको यस विषयमा के भन्न चाहानु हुन्छ ?

 
पहिला यो नारालाई अझै व्यापक बनाउन सम्पुर्ण विश्वकर्मा दाजुभाइ दिदिबहिनीहरुमा हार्दिक अनुरोध गर्द्छु हामिले हाम्रो समुदायना सानो, सानो काम बाट ठुला, ठुला काम गर्नु पर्छ
 
जस्तै साना साना पानीका मुहानबाट नदि बन्छ तिनै नदिको मेलबाट समुन्द्र बन्छ, भने जस्तै विश्वकर्माले विश्वकर्मालाई भन्ने हाम्रो मुल नाराको उद्देश्य पनि त्यहीँ हो हाम्रो सानो, सानो सहयोगले कसैको जिबनमा आमूल परिबर्तन ल्याउने यहि सहयोग कहिले शैक्षिक बिकासको रुपान्तरण शक्ति बन्ने , कसैको जिबनमा आर्थिक बिकासको रुपान्तरणको माध्यम बन्न सक्ने , भने कसैको जिबनमा सामाजिक न्यायको औजार बन्नेछ विश्वकर्माले विश्वकर्मालाई भन्ने चाहना दिन नसक्नेलाई दिन सक्ने बनाउ पढ्न नसक्नेलाई पढाइबाट बञ्चित नगराउ भन्ने अभियान हो
 
हजुरहरुले गरेको सहयोग लागानी पनि यसरी नै सार्बजनिक गरिने ,ताकि सबै नेपाली जनताले थाहा पाउने छ्न, पार्दशिता भनेको के हो भाव पार्दशिताको नमुना संस्था बन्ने यहाँ जे हुन्छ ऐनामा जस्तै छर्लङ्ग देख्न सकिनेछ, त्यस कारण मन लाई अलिकती मात्र पनि फुकाई दिनु भयो भने भावले विश्वकर्माले विश्वकर्मालाई हाम्रो अभियान साच्चिनै एक उदाहरणिय बनाएर देखाउने प्रतिबद्धता गर्दछु मैले यसो भन्दा आर्थिक माग्यो भन्नू होला त्यो होइन तपाइँले जति सक्नु हुन्छ ,जे सक्नु हुन्छु त्यही सहयोग गर्ने कुरा हो हामी एक आपसमा सहयोग गर्ने भावनाको बिकास गर्न सकियोस्, हामीले आफैलाई पनि विकास गरौँ

 
भावले अहिलेसम्म कहाँ कहाँ सहयोग गरेको ?

 
भावले भूकम्पको बेलामा नेपाल नेपालीको पिडामा समुदायले राहत लागि भनेर प्रधानमन्त्री राहत कोषमा समेत आर्थिक सहयोग गरेको त्यो भन्दा बाहेक विश्वकर्मा समुदायको समस्यामा सहकार्य गर्दै सामाजिक कामका लागि भनेर लाख रुपैयाँ भन्दा बढी सहयोग गरेको आउँदा दिनमा यसलाई व्यापक बनाउने तयारीमा जुटेको छु

 
अन्त्यमा विश्वकर्मा समुदायलाई के भन्न् चाहानु हुन्छ ?

 
यो ऎइतिहासिक काममा एक महत्त्वपूर्ण जिम्मेवार सदस्य बन्न सबै विश्वकर्मा समुदायका दाजुभाई तथा दिदिबहिनीहरुलाई हार्दिक अनुरोध गर्दछु । भावको योजना बिचारलाई हाम्रो समुदाय सम्म पुर्याउन सहयोग गर्नु भएकोमा इरुप्से ड्ट्कमलाई धन्यवाद व्यक्त गर्द्छु


0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads