Loading...
सुनिललाई फकाउन लागिपरिन् कपिलकी गर्लफ्रेन्ड

काठमाडौं, २२ साउन — कमेडियन तथा एक्टर सुनिल ग्रोभरलाई कपिल शर्माले जन्मदिनको शुभकामना दिएका छन् । सामाजिक सञ्जालमा दिइएको यो शुभकामना सुनिलले धन्यवाद भन्दै स्वीकारे ।

तर यसका बाबजुद यी दुईबीचको झगडा जारी छ । झगडा सुल्झाउनका लागि कपिलकी गर्लफ्रेन्ड गिन्नी चतरथ अहिले लागिपरेकी छन् ।
गिन्नीले सुनिललाई सामाजिक सञ्जालमा सम्बोधन गर्दै लेखिन्, ‘हामी तपाईंलाई खुबै मिस गर्छौं । आफ्नो भाइको कुरा मानेर शोमा फर्किनुस् ।’
गत मार्च महिनामा कपिलले सुनिलसँग विमानयात्राका क्रममा झगडा गरेका थिए र त्यही दिन ट्वीटरमा उनले गिन्नीसँगको आफ्नो फोटो शेयर गरेका थिए ।
खासमा सुनिलसँगको झगडालाई छोपछाप गरेर ध्यान अन्तै मोड्न उनले गिन्नी आफ्नी गर्लफ्रेन्ड भएको संसारलाई सुनाएका थिए । तर झगडाको खबर बाहिर आइछाड्यो ।
खबरहरूका अनुसार गिन्नी र कपिल कलेज पढ्दादेखिकै साथी हुन् । कलेजमा हुने समारोहहरूमा उनीहरू दुवैजना भाग लिन्थे ।
कपिलका दाजु अशोक शर्माले गिन्नीको खास नाम भवनीत हो र उनी जालन्धरनिवासी हुन् भनी बताएका थिए ।
एजेन्सी

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads