Loading...
जम्बो मन्त्रिपरिषद्ले सिंहदरबारमा बढ्यो भीड

काठमाडौं, ८ भदौ । प्रधानमन्त्री देउवाले गणतन्त्र स्थापनापछि जम्बो मन्त्रिपरिषद् बनाएपछि सिंहदरबारमा आउनेको संख्या भने ह्वात्तै बढ्न थालेको छ ।
संघीयताअनुसार अधिकार जिल्लामा गए पनि सर्वसाधारण तथा कार्यकर्ता विकास निर्माणदेखि आर्थिक सहायता माग्नसमेत सिंहदरबार आउने गरेका छन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
यसअघि ०५२ सालमा देउवा नेतृत्वमा ५२ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । २२ वर्षपछि देउवाले मन्त्रिपरिषद् विस्तार गर्दा ५० सदस्य बनाएका छन् ।
अझै उनले चार वटा मन्त्रालय आफैंसँग राखेका छन् । ती मन्त्रालयमा मन्त्री ल्याएमा मन्त्रिपरिषद्को संख्या ५४ बन्नेछ जुन इतिहासकै सबैभन्दा ठूलो मन्त्रिपरिषद् हुनेछ ।
‘हैरान छौं’
राज्यमन्त्री थपिएपछि राज्यमन्त्रीका लागि गाडीको माग गर्दै दैनिक गृह मन्त्रालयमा दर्जनौं फोन आउने गरेको छ ।
गृह मन्त्रालयअन्तर्गतको सवारी शाखाका उपसचिव सुरेन्द्र पौडेलले राज्यमन्त्रीका लागि गाडीको जोहो गर्न माग गर्दे कैयौं फोन आउने गरेको बताए ।
‘हामी राज्यमन्त्रीका लागि गाडी माग गर्दै अत्यधिक फोन आउने समस्याबाट हैरान छौं’, पौडेलले भने । गृहले राज्यमन्त्रीलाई गाडी दिन नसक्ने बताए पनि गाडी माग गर्दै फोन आउने क्रम नरोकिएको पौडेलले बताए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads