Loading...
राप्रपाले १८ जना सांसदलाई कारबाही गर्दै

काठमाडौं, ६ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ह्वीप उल्लंघन गरेको भन्दै पशुपति शम्शेर राणा समूहका १८ जना सांसदहरूलाई कारबाही गर्न लागेको छ ।
सिंहदरबारमा केही बेर अगाडि सुरु भएको राप्रपा संसदीय दल र केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा अध्यक्ष कमल थापाले कारबाहीका लागि १८ जना सांसदहरूको सूचि प्रस्ताव गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘पार्टीको ह्वीप उल्लंघन गरेर सोमबारको संसद बैठकमा अनुपस्थित १८ जना सांसदलाई कारबाही गरिँदैछ । अध्यक्षज्यूले प्रस्ताव गर्नुभएको छ ।’
बैठकले पशुपति शम्शेर राणाको पक्षमा सर्वोच्च अदालतले दिएको आदेशका विषयमा पनि छलफल हुनेछ । सो विषयमा राप्रपाले आधिकारिक धारणा सार्वजनिक गर्नेछ ।
राप्रपा (प्रजातान्त्रिक)का प्रवक्ता किरण गिरीले राप्रपाले कारबाही गर्नुको कुनै अर्थ नरहे प्रतिक्रिया दिनुभयो । ‘हामीले अलग दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेको छौँ’, उहाँले भन्नुभयो, ‘सर्वोच्च अदालतले दल दर्ताको मान्यता दिन आदेश दिइसकेकाले कारबाहीको कुनै मूल्य हुँदैन ।’

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads