Loading...
लिपुलेकमा भारतको नाङ्गो हस्तक्षेप, कता हराए ‘राष्ट्रवादी’हरू ?


काठमाडौं, २१ साउन– देशमा चर्का राष्ट्रवादको कुरा गर्नेहरुको कमी छैन, चाहे एमाले होस् या अरु राजनीतिक दल आफूलाई राष्ट्रवादीको पहरेदार भन्दै भाषण गर्छन् । तर नेपाली भूमि दार्चुलाको लिपुलेकमा भारतको नाङ्गो हस्तक्षेप हुँदा भने सबै मौन छन् । 

सरकारले त चुक्कसम्म बोल्न सकेकौ छैन नै । संविधान संशोधनको प्रस्ताव दर्ता गरिँदा राष्ट्रघात भयो भनेर सदन अवरोध गर्ने एमाले पनि यस विषयमा मौन बसेको छ । 

दार्चुलामा पर्ने नेपाली भुमि लिपुलेक क्षेत्रमा भारतीय पक्षले पदमार्ग बनाउँदा पनि न सरकार बोलेको छ न त अरु राजनीतिक दलले नै मुख खोलेका छन् । भारतको लोक निर्माण विभागले लिपुलेकदेखि उत्तरतिर दुई किलोमिटरसम्म पर्यटकीय पदमार्ग निर्माण गरेको हो ।

लिपुलेक क्षेत्रमा दुई किलोमिटरसम्म पदमार्ग बनाएपछि कैलास पर्वतको दर्शन गर्न सजिलो भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

हिन्दु धर्मावलम्बीहरुको आस्थाको धरोहर चीनमा पर्ने पबित्र धार्मीक स्थल कैलास मानसरोबर नेपाल भारत र चिनको त्रिदेशीय सिमा नजिक पर्दछ । 

दुई वर्ष लगाएर निर्माण गरिएको उक्त पदमार्ग निर्माण गर्न भारत सरकारले लोक निर्माण विभागबाट १५ लाख रुपैयाँभन्दा बढी खर्च गरेको २८ जुलाइमा प्रकाशित हिन्दुस्तान दैनिकले जनाएको छ । पत्रिकाका अनुसार उक्त पदमार्गबाट सजिलै कैशाल पर्वतको दृष्यावलोकन गर्न सकिन्छ ।

नेपालले आफ्नो भूमिका रुपमा दावी गर्दै आएको उक्त क्षेत्रबाट पहिले दार्चुलाबासीले भोटसँग ब्यापार गर्दै आएका थिए । नेपालीले भेडाच्याङ्ग्रा र घोडाखच्चरमा समान लिएर तिब्बतसँग व्यापार गर्ने उक्त बाटोमै अहिले भारतीय पक्षले पदमार्ग बनाएको हो ।

नेपाली भूमिमा भारतले गरेको यस्तो कार्यले उसले लिपुलेक सुरक्षाका दृष्टिकोणले मात्रै नभई पर्यटकीय सम्भावनालाई बिस्तार गर्न पनि लिपुलेक क्षेत्र कब्जा गरेको प्रष्ट भएको भन्दै स्थानियहरुले बिरोध गरेका छन् ।

यसअघि लिपुलेकको सुरक्षार्थ भन्दै विद्यार्थीदेखि आफूलाई राष्ट्रवादी दावी गर्ने पार्टीका केही नेताहरु त्यहाँ पुगेपनि अहिले सबै चुपचाप छन् । तर, स्थानीयको पीडा भने जस्ताको तस्तै छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads