Loading...
बेलायती महिलालाई अनलाइनबाट बेच्ने कोशिश

इटालीको एक आपराधिक समूहले २० वर्षीया बेलायती मोडललाई अपहरण गरेर मध्यपूर्वका देशहरूमा बेच्ने योजना बनाएको रहस्य खुलेको छ ।

मोडललाई ‘सेक्स’ का लागि बेच्न खोजिएको थियो ।
क्लोई येलिङ नामक मोडलका वकिल फ्रान्सिस्को पेस्कीले बीबीसीलाई बताएअनुसार अपहरणकर्ताहरूले छोड्नुअघि उनलाई शपिङका लागि लगिएको थियो र उनी ठूलो दबाबमा थिइन् ।
येलिङलाई ब्ल्याक डेथ नामक एक समूहले अपहरण गरेर पाँच दिनपछि छोडेको थियो । उनी फोटोशूटका लागि इटालीको मिलान शहर गएकी थिइन् ।
इटालेली प्रहरीका अनुसार येलिङमाथि दुईजनाले आक्रमण गरेका थिए । उनलाई केटामाइन दिएर बेहोश बनाइएको थियो र अनलाइन बेच्ने कोशिश गरिएको थियो ।
आरोपअनुसार मोडललाई लगभग तीन करोड १० लाख रुपैयाँमा अनलाइनमा बेच्ने कोशिश गरिएको थियो र मोडलिङ एजेन्सीबाट फिरौती समेत मागिएको थियो ।
इटालेली प्रहरीका अनुसार येलिङलाई तुरिनको उत्तरपश्चिमस्थित बोर्जियलको एक भवनमा लगिएको थियो । त्यहाँ हत्कडी बाँधेर उनलाई ६ दिनसम्म एउटा कोठामा बन्द गरिएको थियो ।
यस मामिलामा पोल्यान्डनिवासी लुकास हेर्बालाई हिरासतमा लिइएको छ ।
बीबीसी हिन्दीबाट

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads