Loading...
सांसद र सदस्य लुकाउँदै थापा

काठमाडौं, ३२ साउन । पशुपति शम्शेर राणाले केन्द्रीय सदस्य र सांसदहरू लैजान सक्ने खतरालाई न्यूनीकरण गर्न राप्रपाका अध्यक्ष कमल थापाले आफ्ना केन्द्रीय सदस्यहरूलाई गृह जिल्ला मकवानपुरतिर लगेको खुलासा भएको छ ।
भदौ १ गतेदेखि सुरु हुने भनिएको केन्द्रीय समितिको बैठकका लागि भन्दै अध्यक्ष थापाले आफ्ना केन्द्रीय सदस्य र सांसदहरूलाई हेटौँडा लगेको उच्च स्रोतको भनाइ छ । राणा समूहले ४० प्रतिशतपुर्‍याएर राप्रपा (प्रजातान्त्रिक) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएसँगै थापा समूहले पार्टीलाई ठूलो क्षति हुनबाट जोगाउने रणनीतिमा लागेको छ ।
राणा समूह पनि आफ्ना केन्द्रीय सदस्य र सांसदहरूलाई निगरानीमा राखेको छ । राणा निकट एक केन्द्रीय सदस्यले भने, ‘हामीभित्र कुनै समस्या छैन । निर्वाचन आयोगमा निवेदन दिँदा नै ४० प्रतिशत केन्द्रीय सदस्य र सांसदको हस्ताक्षर सनाखत गरेर बुझाएका थियौँ । भदौ ४ गते सनाखतका लागि तयारी अवस्थामा बसेका छौँ ।’
उता, थापा समूह भने राणा समूहसँग ४० प्रतिशत छैन भनेर हल्ला फिजाइ रहेको छ । राणा समूहले आफूहरूसँग पहिला नै ४० प्रतिशत रहेको तथा भदौ ४ गते ५१ प्रतिशत पुर्‍याएर राप्रपा कब्जाको नीतिमा लागेको स्रोतको भनाइ छ । राणा समूह दिनदिनै गोप्य बैठकहरू गर्दै आएको छ ।
हुन त थापा समूह पनि बैठक र छलफलहरूमा सक्रिय छ । थापा समूहले पार्टीलाई थप क्षति हुनबाट कसरी जोगाउन सकिन्छ भन्ने पक्षमा रहेको बताइएको छ । स्रोतका अनुसार राणा समूहतिर जान खुट्टा उचालेर बसेका बाँकी केन्द्रीय सदस्यहरूलाई हेटौँडा बैठकमा पदाधिकारीमा मनोनीत गर्ने आश्वासन दिएर थापाले राखेका छन् ।
थापा समूहमा बुद्धिमान तामाङ र गणेश थापाले केन्द्रीय सदस्य र सांसदहरूलाई धम्काएर पार्टी नछाड्न दवाव दिइरहेको आरोप लागेको छ । राणा निकट स्रोतले भन्यो, ‘बुद्धिमान तामाङ र गणेश थापाले फोनमा धम्की दिएर पार्टी नछाड्न चेतावनी दिने गरेका छन् ।’
अध्यक्ष थापाको ट्वीटर र फेसबुकमा गालीको वर्षा

राप्रपा अध्यक्ष कमल थापाले निर्वाचन आयोगविरुद्ध ट्वीट गर्दै फेसबुक पेजमा सेयर गरेपछि समर्थन भन्दा धेरै आलोचना भएका छन् । थापाले पेजमा ‘जसरी पनि राप्रपा फुटाई छाडने कार्यमा निर्वाचन आयोग, सरकार, शक्ति केन्द्रको मतियार भो । आयोगको विश्वासमा ह्रास’ भन्ने स्ट्याटस लेखेपछि धेरैले उनको आलोचना गरेका हुन् ।
मगर हरिबहादुर – कमल थापाज्यू यसो तराईतिर पनि आँखा लगाइ दिनुभाको भए अझै राम्रो हुन्थ्यो होला सधैं भाषण मात्र दिएर पनि हुँदैन ।
दीपेश राई – अध्यक्षज्यू त्यो त हाम्रो मूल एजेण्डा निर्वाचन आयोगले काटेकै दिनविचार पुर्‍याउनु पर्ने थियो । त्यो बेलामा उपप्रधानमन्त्रीको लोभले गर्दा यो हालत ।
लोचन कट्टेल – पहिला आफ्नो मति सुधार्नु प¥यो अनि अरुलाई गाली गर्न सहाउँछ ।
जनक भण्डारी – नेताज्यू, जुनसुकै निर्णय गर्दा केन्द्रीय समितिमा सल्लाह गरेर लिन सकिन्न ? कि तपाईमा ‘म’ मात्रै सबथोक हो भन्ने अहँमता छ ? नेता त्यो हो जो सबैको विचार सुनेर मनन् गरेर आफ्नो निर्णय सुनाउँछ । निर्णय लिनुको कारण पनि स्पष्ट खुलाउन सक्नु पर्दछ । त्यसपछि पार्टीमा मनमुटावको ठाउँ नै रहँदैन ।
अशोक क्षेत्री – अब जति बर्बराएनी केही हुने छैन कमल थापाज्यू ।
रामकुमार गिरी – के गर्नु त कमल थापाजी ओलीको पालामा उपप्रधानमन्त्री हुँदा त्यत्रो मान सम्मान जनताले गरेको हो । तपाईलाई देश र जनताभन्दा पद र पैसा अनि प्रचण्ड प्यारो भो । अब जिन्दगीभर पछुताएर बस्नुको विकल्प छैन ।
परशुराम राजवंशी – तपाईले राजनीतिक कुरा गर्न छाड्नुस । अहिले देशमा बाढी पहिरोले दिनदिनै हजारौ मानिस विस्थापित हुनुका साथै दर्जनौले ज्यानगुमाई सकेको अवस्थामा तपाईको पार्टी घाममा सुकाई दिनुस् । उद्धार तथा राहत वितरण कार्यमा सक्रिय हुने बेला हो ।
दाहाल उद्धव – थापाजी प्लीज राजनीतिक दाउपेचको कुरा नगर्नुस् ।
तेजु बटाला – राप्रपा फुट्नु तपाईको कुर्सी लालचाले हो । बुझ्नु भयो ।
जीवन बास्कोटा – फुटेको बेलामा चौथो ठूलो दल भएको थियो । अहिले मिलेर चुनाव लड्दा झण्डै नामोनिसान हराको । जुटेको भन्दा त फुटेकोमा फाइदा रैछनी हैन र !
मेघलाल लक्ष्मी – झगडा गरेर शत्रु हसाउनु भन्दा स्थानीय चुनावमा दल असफल भएको अशुभ अवसरमा पद बाहिर बसेर एकजुट हुने मेलो गर्दा राम्रो होला सम्माननीय अध्यक्ष कमल थापाज्यू ।
गोविन्द लामिछाने – काजी थापा तपाईलाई पार्टी फुटेकै कुरो छ । देश जलमग्न भैसको राहत र उद्दारको पहल गर्नेतिर लाग्नुस । पार्टीको कुरो पछि गर्दै गरौँला ।
(यी कमेन्टहरू राप्रपा अधयक्ष कमल थापाको फेसबुक पेजबाट साभार गरिएको हो)

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads