Loading...
भरतपुरमा एमालेलाई खतरा बढ्यो, होला त चमत्कार



भरतपुर, २१ साउन । भरतपुर महानगरपालिकामा नेकपा एमालेले जित्ने सम्भावना न्यून बनेको छ । पुनः निर्वाचन भएको भरतपुर १९ मा एमालेले अपेक्षित मत पाउन नसकेपछि एमालेको विजय यात्रामा धक्का लाग्ने खतरा बढेको हो ।
जारी मतगणनामा भरतपुर १९ मा एमालेका देवी ज्ञवाली भन्दा माओवादीकी रेणु दाहालले झण्डै दोब्बर मत पाएकी छिन् । यसअघि देवी ७८४ मतले अगाडि रहेका देवी १९ नम्बर वडाको मतगणना सकिँदा २२१ मतले अगाडि छन् । जसरी पनि जित्ने काँग्रेस र माओवादी गठबन्धनको शिकार देवी भएको यो निर्वाचनले देखाएको छ ।
यसैगरी, वडा नम्बर २० पनि काँग्रेसको पकड रहेको क्षेत्र मानिन्छ । भरतपुर २० मा ३३ सय २ मत खसेको छ । तर, यसअघि नै निर्वाचन भएका कारण काँग्रेसको मत देवी र रेणु दुवैका लागि बाँडिएको अनुमान गरिएको छ ।
२० नम्बर वडाको मतगणना सकिँदासम्म झिनो मतले देवीले जित्ने अपेक्षा गरिएको छ । करिब ४० मतले जित-हारको फैसला गर्ने एमालेको अनुमान छ । तर, त्यसलाई भने चमत्कारिक परिणाम मान्नुपर्छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads