Loading...
अजय देवगणलाई धोका दिए कपिलले, शोको सुटिङ क्यान्सिल


मुम्बई, १२ भदौ– भारतका चर्चित केमिडियन कपील शर्माले फेरि एक बलिउड सुपरस्टरलाई ‘धोका’ दिएका छन् । कपिलबाट धोका पाउने बलिउड सुपरस्टार हुन् अजय देवगण । 

खासमा अजय देवगण आफ्नो फिल्म ‘वादशाहो’को प्रमोशनका लागि कपिलको शोमा गएका थिए । तर कपिलले शो को सुटिङ गर्न समय नै दिएनन् । 

कपिलको शोमा ‘बादशाहो’का अभिनेता अजयसँगै इमरान हाशमी, इशा गुप्ता, इलियाना डिक्रुज पुगेका थिए । उनीहरुले शो सुटिङ हुने ठाउँमा कपिलको धेरै समय प्रतिक्षा गरे । 

बादशाहोको टीम कपिलको टीमसँग सम्पर्कमै थियो । ११ बजे शो सुटिङ हुने तय भएको थियो । अजय लगायत बादशाहोको टिम पुग्दा कपिल शो सुटिङ हुने स्टूडियोको छेउमै रहेको होटेलमा रहेको बताइयो र उनी १५ मिनेटमा पुग्ने भनियो । 

तर जब सबै अभिनेताहरु सुटिङका लागि पुग्दा त कपिल शर्मा सुतिरहेको बताइयो । त्यसपछि बादशाहोको टीमलाई २ घण्टा प्रतिक्षा गर्न भनियो । तर अजयले प्रतिक्षा गर्न मानेनन् । किनकी फिल्मको प्रमोशनका लागि उनीहरुले अन्य ठाउँमा पनि जानु थियो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads