Loading...
जनप्रगतीशिल मंच कतारले बाढी पिडीतलाई एक लाख सहयोग



कतारमा स्थापना भएको माओवादी केन्द्रको भातृ संगठन नेपाली जनप्रगतीशिल मंच कतारले बाढी पिडीतलाई एक लाख रुपयाँ चेक हस्तान्तरण गरेको छ । केही दिन अगाडी आएको बाढी पैरो तथा डुबानमा परि नेपालको विभिन्न ठाउहरुमा जन धनको ठुलो धन जनको नास हुनुका साथै हजारौ मानिसहरु घरबार विहिन भएको घटननाले साह्र नेपालीहरुलाई स्तब्ध बनाएको भन्दै मंचले नेपाल पठाएको हो ।

मंचले प्रकृतीक प्रकोपमा परि अकालमा ज्यान गुमाउने मृतक प्रति हार्दिक श्रद्धान्जली तथा पिडीत शोकाकुल परिवार प्रति हार्दिक समावेदन व्यक्त गर्दै नेपाली जनप्रगतीशिल मंच कतारले पनि आफ्नो मातृभुमीमा भएको दुखत हेरी रहन नसकेको भन्दै मंचमा आबद्ध भएका प्रगतिशील विचार बोकेका आम मंजदुरहरुले आन्तरिक रुपमा राहत संकलन गरी उक्त विगतीमा परेर पडित भएकाहरुका लागी आकास्मिक सायता स्वारुप वाईसीएल नेपालले बाढी पहिरो पिडीतहरुलाई राहत स्वरुप उपलब्ध गराउने उद्श्यले प्रभु बैकमा खोलेको खाता नम्बर ०२०११६००४३१७९००००००१ मा एक लाख नेपाली रुपयाँ सहयोग  हो ।



उक्त रकम भुक्तानी ऐभरेष्ट बैकं लिमीटेडको चेक मार्फत वाईसेललाई एक कार्यक्रम विच हस्तान्तरण गरेको संस्थाका आर्थीक विभाग प्रमुख वुद्धी प्रसाद भण्डारीले जानकारी दिएका छन । मंचले आफ्नो महाधिवेशन नजिकै गर्दा पनि नेपालमा भएको विपतीलाई मध्यनजर गर्दै पिडीत नेपालीहरुलाई केही हद सम्म भए पनि मलाम पट्टि लगाउन सम्म सहयोग पुग्ने भएकाले सो रकम संकलन गरी नेपाल पठाएको संगठन विभाग प्रमुख मोहन कार्कीले बताए ।

हामीले नेपालका परेको विपतीलाई मनले थाम्न सकेनौ पिडीतका लागी केही सहयोग हामी प्रवासमा रहेका मजदुरहरुले गर्ने बेला यही हो बाकीँ यो परदेशबाट के नै गर्न सकिन्छ र मनिलो अनुहार बनाउदै मंचका संयोजक रकम राईले भने । मंचले विगतका दिनमा पनि कतारमा पिडीत नेपालीहरुलाई सहयोग गर्दै आईरहेको समेत राई बताउछन ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads