Loading...
मुग्लिनबाट नारायण सडक खण्डमा बस र जीप पहिरोले बगाएर त्रिशुलीमा खस्यो

Click to Load Image
बस र जीप पहिरोले बगाएर त्रिशुलीमा खस्यो 
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले स्थलगत अवलोकन गरेकै दिन बुधबार बेलुका मुग्लिन–नारायणघाट सडक खण्डको कालीखोलानजिक भीषण पहिरो गएको छ । 

पहिरोले बगाएर एक रात्री बस र स्कारपियो जीप त्रिशुलीमा खसेको छ ।
काठमाडौंबाट इलाम जाँदै गरेको ना ६ ख ७१२१ नम्बरको नाइट बस र मुग्लिनबाट नारायणघाट जाँदै गरेको नम्बर नखुलेको स्कारपियो जीप माथिबाट खसेको ढुंगे पहिरोले उछिट्टिएर त्रिशुलीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दीपक थापाले बताए । 
बुधबार बेलुका ७ः ३५ बजे भएको दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । माथिबाट ढुंगा खस्न थालेपछि बस रोकेर चालक र यात्रुहरु गाडीबाट ओर्लिएर हेर्दै गर्दा ठूलो पहिरो झरेर गाडी पहिरोले बगाए पनि सबै यात्रुहरु भाग्न सफल भएको एसपी थापाले बताए । स्कारपियोमा रहेका चार जना यात्रु पनि गाडीबाट बाहिर भएकाले सकुशल रहेका उनले जानकारी दिए । 

पहिरोले बाटो पूर्ण रुपमा बन्द रहेको छ । रातीको समय भएकाले पहिरो हटाउने काम विहीबार विहानबाट मात्रै गरिने एसपी थापाले बताए । 

नारायणघाट मुग्लिन सडकको प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार मात्रै हवाइ तथा स्थलगत अवलोकन गरेका थिए । देउवा बुधबार विहान भरतपुरको आँपटारीमा हेलिकोप्टबार झरेर मुग्लिन सडक खण्डको घुमाउने सम्म स्थलगत अवलोकन गरेका थिए ।
देउवाले सडक अवलोकन गरी दशैं सम्ममा सडक सहज बनाउन ठेकेदार कम्पनीहरुलाई निर्देशन दिएका थिए । झण्डै दुई वर्षदेखि तीन वटा कम्पनीले सडक सुधारको काम गर्दै आएको छ ।
वर्षाले गर्दा दुर्घटना बढेपछि केही समयदेखि रातीको समयमा यो सडक खण्डमा सवारी सञ्चालमा समेत रोक लगाइएको छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads