Loading...
एमालेको सचिवालय बैठक बस्दै, निर्वाचनको तयारीबारे छलफल हुने

काठमाडौं, २६ साउन । मुलुकको पछिल्लो राजनीतिक अवस्था र २ नं. प्रदेशको निर्वाचन तयारीका विषयमा छलफल गर्न एमालेको केन्द्रीय सचिवालय बैठक बस्दैछ ।
अहिले केही समयपछि धुम्रबाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्नेछ ।
बैठकमा विशेष गरेर २ नं. प्रदेशमा असोज ३ गते हुन लागेको तेस्रो चरणको निर्वाचन तयारीका विषयमा छलफल केन्द्रित हुने एक नेताले बताए ।
बैठकमा विभिन्न दल त्यागेर एमालेमा प्रवेश गर्न लागेका नेताहरूका विषयमा पनि छलफल हुने स्रोतले जनाएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads