Loading...
लोकदोहोरी प्रतिष्ठानको साधारणसभा


प्रताप बानियाँ /रुप्से दैनिक
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति म्याग्दीको शनिबार बेनीमा साधारणसभा सम्पन्न भएको छ । ‘हाम्रो अभियान, लोक संस्कृतिको संरक्षण, सष्टाको सम्मान तथा नवप्रतिभाको प्रोत्साहन’ भन्ने मूल नारासहित साधारणसभा गरिएको हो ।
साधारणसभाको उद्घाटन गर्दै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल ४ नम्बर प्रदेशका संयोजक तारापति सुवेदीले लोक संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । उनले लोक सङ्गितको क्षेत्रलाई बिकृतिरहित बनाई मौलिक लोक संस्कृतिलाई जोगाउनुपर्ने बताए ।
उक्त साधारणसभाको अवसरमा बेनी नगरपालिका–२ बगरफाँटका गायक एवं सर्जक तोपबहादुर कार्कीलाई लोक सङ्गितको क्षेत्रमा निरन्तर सक्रिय रहेको भन्दै लोकदोहोरी प्रतिष्ठान म्याग्दीले नगद तीनहजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरी सम्मान गरेको जनाएको छ ।
कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जीवनबहादुर विश्वकर्मा, धौलागिरी अञ्चल अध्यक्ष राजेन्द्र सापकोटा र पर्वत जिल्ला अध्यक्ष दिपक गदालले मन्तव्य राखेका थिए । प्रतिष्ठान म्याग्दीका अध्यक्ष कृष्ण जिसीको अध्यक्षता, सचिव एकनारायण चापागाईंको सञ्चालन र द्वितीय उपाध्यक्ष धु्रब जिसीको स्वागतमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष शर्मीला थापाले आर्थिक र अध्यक्ष जिसीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads