Loading...
चर्चामा रहेका यी हिरोइनहरुले एकाएक किन छोडे फिल्म खेल्न ?

भारतीय फिल्म उद्योगमा जम्नु वा चर्चामा रहनु सामान्य कुरा होइन । त्यसका लागि लामो संघर्ष गर्न जो कोही पछि पर्दैनन् । 

तर आफू चल्तिमै रहँदा नै केही अभिनेत्रीहरुले फिल्म उद्योगलाई बाइबाइ गरेका छन् भने केहीले चर्चा कम हुन शुरु हुन थालेसँगै फिल्म उद्योगबाट विदा लिएका छन् । 

क कसले लिए विदा ?
ट्विंकल खन्नासन् १९९५ को वर्षात् फिल्मबाट करिअर सुरु गरेकी ट्विंकलले ‘जान’, ‘जब प्यार किसीले होता है’, ‘मेला’, ‘जोरका गुलाम’लगायतका थुप्रै फिल्ममा अभिनय गरिन् । अक्षयकुमारसँग बिहे गरेपछि भने उनी घरजममै व्यस्त भइन् । सन् २००१ मा रिलिज भएको ‘लभ के लिए कुछ भी करेगा’ फिल्म नै उनको प्रदर्शित अन्तिम फिल्म हो । बिहेपछि उनलाई अक्षयले नै अभिनयमा लगाउन चाहेनन् । ट्विंकलका आरव र नितारा, दुई सन्तानको हेरचारका साथै किताब लेखन र इन्टेरियर डिजाइनिङमा पनि सक्रिय छिन् ।

आयशा जुल्का

आयशा जुल्का नब्बेको दशककी चर्चित हिरोइन हुन् । हाल ४५ वर्षीया उनले ११ वर्षको उमेरमा अभिनय करिअर सुरु गरेकी थिइन् । सन् १९८३ मा बनेको ‘कैसे कैसे लोग’ नामक फिल्मबाट अभिनययात्रा सुरु गरेकी उनी सन् २०१० सम्म अभिनयमा सक्रिय रहिन् ।
सन् २००३ मा व्यवसायी समीर वाशीसँग बिहे गरेकी उनले २७ वर्ष लामो करिअरमा ५२ वटा फिल्ममा अभिनय गरिन् । ‘खिलाडी’, ‘जो जिता वही सिकन्दर’, ‘बलमा’, ‘रंग’जस्ता फिल्ममा अभिनय गरेकी उनले आमिर खान, सलमान खानजस्ता सुपरस्टारसँग पनि काम गरिसकेकी छिन् । फ्लप भएर फिल्म उद्योग छोड्नुभन्दा चल्तीमै बाटो लाग्नु उचित भएको तर्क उनको छ ।
मन्दाकिनी
राज कपुरको निर्देशनमा बनेको चर्चित फिल्म ‘राम तेरी गंगा मैली’मा मन्दाकिनीले महत्वपूर्ण भूमिका निर्वाह गरिन् । त्यो फिल्मले उनलाई करिअरको नयाँ उचाइमा पुर्याएको थियो । त्यो फिल्ममा उनले निकै बोल्ड सिन दिएकी थिइन्, जसले गर्दा उनको करिअर एकाएक चम्किएको थियो । ती दृश्यहरूको अहिले पनि चर्चा हुने गर्छ ।
सन् १९८५ मा ‘मेरा साथी’ फिल्मबाट करिअर सुरु गरेकी उनले सन् १९९६ को ‘जोरदार’ फिल्मसँगै अभिनय बन्द गरिन् । अचेल उनी तिब्बती योगाको क्लास चलाउने गर्छिन् । उनी दलाई लामाकी अनुयायी हुन् ।
भाग्यश्री
सलमान खानका साथ ‘मैने प्यार किया’ फिल्मबाट डेब्यु गरेकी भाग्यश्रीले ‘त्यागी’, ‘पायल’, ‘घर आया मेरा परदेशी’लगायतका थुप्रै फिल्ममा अभिनय गरिन् । पहिलो फिल्म हिट भए पनि त्यसपछिका उनका फिल्मले खासै कमाल देखाउन सकेनन् । त्यसकारण काम पाउँदा–पाउँदै पनि उनले १९ वर्षको उमेरमै अभिनय छाडिन् । अचेल उनी गृहस्थी जीवन व्यतीत गरिरहेकी छिन् ।
नीतु कपुर
नीतुले बाल्यकालदेखि नै अभिनय थालेकी हुन् । अभिनेता ऋषि कपुरसँग १४ वर्षको उमेरमै प्रेममा परेकी नीतुले २१ वर्षको उमेरमा ऋषिसँग बिहे गरिन् । नीतुले थुप्रै फिल्ममा अभिनय गरेकी छिन् । बिहेपछि पनि उनले ‘बेसर्म’, ‘दो दुनी चार’लगायतका केही फिल्ममा सानो भूमिका निर्वाह गरेकी थिइन् ।
सायरा बानो
सायरा एकताका बलिउडमा निकै चर्चित थिइन् । विशेष गरी उनको लट्काझड्का र अदाले तारिफ पाउने गथ्र्याे । उनले २२ वर्षको उमेरमा तत्कालीन सुपरस्टार दिलीपकुमारसँग बिहे गरेकी थिइन् । उनले ‘जंगली’, ‘आई मिलनकी वेला’, ‘दूरकी आवाज’लगायतका फिल्ममा अभिनय गरेकी छिन् । उनले बिहेपछि अभिनय चटक्कै छाडेकी हुन् ।
मीनाक्षी शेषाद्री
मीनाक्षीले करिअर उचाइमा पुगेका वेलामा एकाएक ब्यांकर हरिश मैसुरसँग बिहे गरिन् । बिहेपछि उनी पतिका साथ अमेरिका बसाइँ सरिन् । ज्याकी स्राफ, ऋषि कपुर र सनी देओललगायतका हिरोसँग अभिनय गरेकी उनले ‘मेरी जंग’, ‘घर हो तो ऐसा’, ‘घायल’, ‘दामिनी’, ‘घातक’लगायतका हिट फिल्म दिइन् । अचेल उनी आफ्ना छोरी केन्द्रा र छोरा जोसको हेरचाहमा व्यस्त छिन् । उनले अमेरिकाको टेक्सासमा डान्स क्लास पनि चलाउँछिन् ।
बबिता
आफ्नो जमानाकी चर्चित हिरोइन बबिता शिवदासिनीको फिल्म करिअर छोटो, तर सफल रह्यो । उनले चरम सफलताको अवस्थामा फिल्म अभिनय छोडेकी हुन् । खासमा उनले प्रेमका लागि फिल्म अभिनय छाडेकी हुन् । फिल्म छाडेर बिहे रोजेकी उनले रणधीर कपुरसँग बिहे गरिन् । तर, उनको बिहे धेरै समय टिकेन । बबिताले दुई छोरी करिश्मा र करिनालाई लिएर पति रणधीरसँग अलग बसिन् । बबिताले छोटो समयमै ‘हसिना मान जायगी’, ‘फर्ज’ र ‘किस्मत’ फिल्ममा अभिनय गरेकी थिइन् ।
सोनु बालिया 
असी र नब्बेको दशकमा बलिउडमा आफ्नो नाम चम्काएकी मोडल तथा हिरोइन सोनुले सन् १९८५ मा मिस इन्डियाको उपाधि जितेकी थिइन् । झन्डै तीन दर्जन फिल्ममा अभिनय गरे पनि सफलता नपाएपछि उनले बी ग्रेडका फिल्ममा अभिनय गर्न थालिन् । तर, उनको कामले निकै आलोचना खेप्नुपर्यो । त्यसपछि उनले फिल्म अभिनय छाडेर बिहे गरिन् । उनले एनआरआई सूर्य प्रकाशसँग बिहे गरिन् । केही वर्षपछि सूर्यप्रकाशको निधन भयो । सोनुले फिल्म निर्माता प्रताप सिंहसँग दोस्रो बिहे गरिन् । धेरै वर्षदेखि सोनु अमेरिकामा बस्दै आएकी छिन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads